३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

नविन घर्तीमगरले गरे गीतको सम्पादन

जातीय भेदभाव विरुद्धको तीज गीत सार्वजनिक

श्रमजीवी दलित समुदाय युगौँ देखि जातीय भेदभावको चरम शोषण, दमनरुपी शिकारीको पन्जामा जकडिएको विषयलाई मुल कथा बनाएर बनाएको गीतमा बिबि अनुरागीको शब्द र संगीत
जातीय भेदभाव विरुद्धको  तीज गीत सार्वजनिक

साउन २९ गते २०७७
नेपाली हिन्दु नारीको महान चाड तीज नजिकिएको छ। सर्जकहरूले​ नयाँ गीत सार्वजनिक गर्ने क्रम जारी छ। यही अवसरमा गायिका सीता रसाईलीले तीजको अवसरमा वर्ष दिन बितेको गीत सार्वजनिक गरेकी छिन्। श्रमजीवी दलित समुदाय युगौँ देखि जातीय भेदभावको चरम शोषण, दमनरुपी शिकारीको पन्जामा जकडिएको विषयलाई मुल कथा बनाएर बनाएको गीतमा बिबि अनुरागीको शब्द र संगीत रहेको छ। गीतमा अंजली अधिकारी, उत्सा र बन्दना नेपालको अभिनय रहेको छ भने निर्देशन भने शंकर बिसिले गरेका छन्। यो गीत मुलतः छुवाछूत र जातिय विभेदविद्धमा रहेको  छ । गीतको सम्पादन नविन घर्तीमगरले गरेका हुन।

प्रतिक्रिया दिनुहोस