२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

हालसम्म १ हजार ९ सय १ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा सुर्खेतमा मात्रै १८ जना कोरोना संक्रमित थपिए

सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परिक्षणमा सुर्खेतको वीरेन्द्नगर नगरपालिका का १७ जना र लेखबेसी नगरपालिका का १ जना गरी १८ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा सुर्खेतमा मात्रै १८ जना कोरोना संक्रमित थपिए

साउन २९ गते २०७७

पछिल्लो २४ घण्टामा सुर्खेतमा मात्रै १८ जना कोरोना संक्रमित थपिएका छन् । कर्णालीका अन्य जिल्लामा भने यो अवधिमा संक्रमित थपिएका छैन‍न् ।

सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परिक्षणमा सुर्खेतको वीरेन्द्नगर नगरपालिका का १७ जना र लेखबेसी नगरपालिका का १ जना गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार वीरेन्द्रनगर नगरपालिका(१० का २०, २५ र २७ वर्षका ३ जना महिला, १, २, ३, २५, २७ र ४६ वर्षका ६ जना पुरुष, वडा नं १३ का २२ र २५ वर्षका २ जना महिला, ६, १३, २०, २७, ३२ र ३८ वर्षका ६ जना पुरुष रहेका छन् ।

१ जना संक्रमित भने लेकबेसी नगरपालिका(७ का ४३ वर्षीय पुरुष रहेका छन् । यससँगै कर्णालीमा कोरोना स‌ंक्रमितको संख्या २हजार ५२ पुगेको छ ।

प्रदेशमा हालसम्म १ हजार ९ सय १ जना डिस्चार्ज भएका छन् भने ६ जनाको भने मृत्यु भएको छ । १ सय ४५ जना संक्रमित आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस