२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

स्वयम व्यक्ति नै उपस्थित हुनु पर्ने कानुनी व्यवस्था

अनलाइन दर्ता र प्रेस पास नवीकरण स्थगित

विभागले सूचना जारी गर्दै प्रेस प्रतिनिधि प्रमाणपत्र जारी र नवीकरणसँगै अनलाइन सञ्चार माध्यमको नयाँ दर्ता, नवीकरण र प्रसारणतर्फको सेवा समेत स्थगित गरिएको जानकारी गराएको छ
अनलाइन दर्ता र प्रेस पास नवीकरण स्थगित

साउन २९ गते २०७७

पत्रकारहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र (प्रेस पास) जारी तथा नवीकरणको काम सूचना तथा प्रसारण विभागले अनिश्चित कालका लागि स्थगित गरेको छ ।

हाल कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढिरहेकोले अर्को निर्णय नभएसम्म कार्यालयबाट उपलब्ध हुने सेवाहरु हाललाई स्थगित गरिएको विभागले जनाएको छ ।

विभागबाट सेवा लिन स्वयम व्यक्ति नै उपस्थित हुनु पर्ने कानुनी व्यवस्था रहेको छ । सोही व्यवस्थाका कारण अनलाइन र भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न सम्भव नभएकोले तत्कालका लागि स्थगित गरिएको विभागले जनाएको छ ।

विभागले सूचना जारी गर्दै प्रेस प्रतिनिधि प्रमाणपत्र जारी र नवीकरणसँगै अनलाइन सञ्चार माध्यमको नयाँ दर्ता, नवीकरण र प्रसारणतर्फको सेवा समेत स्थगित गरिएको जानकारी गराएको छ ।

तर, श्रमजीवी पत्रकारले प्रेस रजिष्ट्रारसमक्ष दिने उजुरी र त्यससम्बन्धी कार्य भने सञ्चालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस