२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

संक्रमित मध्ये ६९ जना कोरोनामुक्त भई फर्किए

प्रदेश १ मा १ सय १५ संक्रमित थपिए, विराटनगरमै ६० जना

अब संक्रमित स्वास्थ्यकर्मीको संख्या १८ पुगेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए
प्रदेश १ मा १ सय १५ संक्रमित थपिए, विराटनगरमै ६० जना

साउन २९ गते २०७७

प्रदेश १ मा बिहीबर १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६० जना मोरङको विराटनगर महानगरपालिका का छन् । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ८८, सुनसरीमा १९, इलाममा ४, झापा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका २ जनामा बिहीबार संक्रमण पुष्टि भएको छ ।

बिहीबार विराटनगर महानगरपालिका भित्रका ३८ पुरूष र २२ महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो । विराटनगरका संक्रमित कुन ठाउँका हुन् भन्ने खुलेको छैन ।

यो सँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ४ सय १५ पुगेको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । संक्रमित मध्ये ६९ जना कोरोनामुक्त भई फर्किएका छन् ।

कोशीमा थप एक नर्स सं‌क्रमित

कोशी अस्पताल विराटनगरमा बिहीबार १ जना नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । अब संक्रमित स्वास्थ्यकर्मीको संख्या १८ पुगेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस