६ आश्विन २०७७, मंगलवार || 22 Sep 2020, Tuesday

२९ साउन , २०७७

स्वास्थ्य मन्त्रालयले भन्यो : स्वाब दिएपछि अनिवार्य आइसोलेसनमा बसौं

सरकारले कोरोना संक्रमण परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसनमा बस्न आग्रह गरेको छ
स्वास्थ्य मन्त्रालयले भन्यो : स्वाब दिएपछि अनिवार्य आइसोलेसनमा बसौं

सरकारले कोरोना संक्रमण परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसनमा बस्न आग्रह गरेको छ ।

बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वाब परीक्षणका लागि स्वाब दिएकाहरु अनिवार्य आइसोलेसनमा बस्न आग्रह गरेका हुन् । उनीहरुलाई नमुना परीक्षणको रिपोर्ट आएपछि आफ्नो सम्पर्कमा रहेकाहरुलाई खबर गर्न आग्रह गरिएको छ । कोरोना परीक्षणका लागि स्वाब दिएकाहरु रिपोर्ट नआउँदै समुदायमा घुम्ने र पछि संक्रमण पुष्टि हुँदा सम्पर्कमा आएका व्यक्तिको खोजीमा समस्या हुने गरेको थियो ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस