३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

३० साउन , २०७७

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ

रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन्
लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ

रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् । अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुर गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

रामेछाप प्रहरी प्रमुख डीएसपी वसन्त पाठकले अनलाइनखबरसँग कुरा गर्दै खड्कालाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन् । उनले भने, ‘उपभोक्ता समितिका दर्पण घिसिङलाई बन्धक बनाएर चेकमा सही गर्न लगाएको भन्दै उहाँविरुद्ध उजुरी परेको छ ।’ खड्का तत्कालीन एमालेबाट निर्वाचित अध्यक्ष हुन् । यद्यपि, हाल उनलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निलम्बन गरेको छ ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस