२ आश्विन २०७७, शुक्रबार || 18 Sep 2020, Friday

३० साउन , २०७७

भरतपुर क्यान्सर अस्पतालका ४ कर्मचारीमा कोरोना

चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एक नर्स र तीन कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको छ
भरतपुर क्यान्सर अस्पतालका ४ कर्मचारीमा कोरोना

चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एक नर्स र तीन कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर कोभिड ल्याबमा बिहीबार राति अबेर गरिएको परीक्षणमा अस्पतालका चार जनालाई संक्रमण देखिएको कार्यकारी निर्देशक डा. देजकुमार गौतमले अनलाइनखबरलाई जानकारी दिए । उनीहरूलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ । अस्पतालका चिकित्सकसहित ३९ जनाको स्वाब संकलन गरी परीक्षणमा पठाइएको थियो । यस्तै क्यान्सर अस्पताल अगाडि होटल व्यवसाय गर्ने एक महिला र एक पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ।

साभार – अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस