३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

३० साउन , २०७७

कोरोना भाइरस नेपाल: थप ५९४ सङ्क्रमित, मृत्यु हुनेको सङ्ख्या ९९ पुग्यो

के छ अरू तथ्याङ्क?
कोरोना भाइरस नेपाल: थप ५९४ सङ्क्रमित, मृत्यु हुनेको सङ्ख्या ९९ पुग्यो

यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ९९ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २५,५५१ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ७,९१३ जनामा सक्रिय सङ्क्रमण छ भने १७,०७७ जना भाइरसमुक्त भएका छन्।

गएको आठ दिनमा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३९ छ।

  • समुदायमा सङ्क्रमण फैलिएको यकिन गर्न सर्वेक्षण गरिने
  • कोरोनाभाइरसविरुद्ध रुसले बनाएको खोपबारे सबैतिर चिन्ता, रुस भन्छ- ‘चिन्ताहरू आधारहीन’

के छ अरू तथ्याङ्क ?

गएको २४ घण्टामा ११,५७५ वटा पीसीआर परीक्षण गरिएको छ।

हालसम्म ४९४,६१३ जनाबाट सङ्कलित नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

सो अवधिमा २४० जना रोगमुक्त प्रमाणित भएका थिए।

अहिले देशभरि क्वारन्टीनमा १४,६३८ जना छन्।

साभार – बिबिसि

प्रतिक्रिया दिनुहोस