२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

डिलबहादुरको घर पुरिँदा दुई छोरीको मृत्यु

कालिकोटको महाबै गाउँपालिका- ३ मा गएराति गएको पहिरोमा पुरिएर ६ जनाको मृत्यु

मृत्यु हुनेमा रजबहादुरका १३ वर्षका छोरा पुष्प, ११ वर्षका प्रवीण, १८ वर्षकी छोरी सविना र १५ वर्षकी छोरी आशा
कालिकोटको महाबै गाउँपालिका- ३ मा गएराति गएको पहिरोमा पुरिएर ६ जनाको मृत्यु

साउन ३० गते २०७७

कालिकोटको महाबै गाउँपालिका- ३ मा गएराति गएको पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । स्थानीय रजबहादुर विष्टको घर पहिरोमा पुरिँदा उनका दुई छोरा र दुई छोरीको मृत्यु भएको हो ।

यसैगरी विष्टका दाजु डिलबहादुरको घर पुरिँदा दुई छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

मृत्यु हुनेमा रजबहादुरका १३ वर्षका छोरा पुष्प, ११ वर्षका प्रवीण, १८ वर्षकी छोरी सविना र १५ वर्षकी छोरी आशा रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख श्यामबाबु ओलियाले बताए ।

उनका अनुसार डिलबहादुरका १३ वर्षीया छोरी शान्ति र १९ वर्षीया रेखाको पनि पहिरोमा परेर ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस