३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

कुनै किसिमको विग्रह आउँदैन

नेकपा एकता अक्षुण्ण रहने सुनिश्चित : महासचिव विष्णुप्रसाद पौडेल

नेपाली जनताले नेकपामाथि जुन प्रकारको आशा अपेक्षा, विश्वास र भरोसा गरेका छन् त्यो पूरा गर्नुपर्छ :महासचिव विष्णुप्रसाद पौडेल
नेकपा एकता अक्षुण्ण रहने सुनिश्चित : महासचिव विष्णुप्रसाद पौडेल

साउन ३० गते २०७७

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले नेकपा एकता अक्षुण्ण रहने सुनिश्चित भएको दाबी गरेका छन्। पार्टी विवाद समाधान समितिका संयोजक पौडेलले सञ्चारमाध्यमलाई प्रक्रिया दिँदै पार्टीभित्र देखिएका समस्यालाई संस्थागत ढंगले समाधान गरिने बताएका हुन्।

नेकपा अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले पौडेलको संयोजकत्वमा गठन गरेको समितिमा स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, भीम रावल र पम्फा भुसाललाई राखिएको छ।

‘नेकपामा कुनै किसिमको विग्रह आउँदैन। नेकपा एकताबद्ध भएर अघि बढ्छ। नेकपाको एकता अक्षुण्ण रहनेछ भन्ने आजको समिति बनेदेखि सुनिश्चित भएको छ,’ पौडेलले भने, ‘पार्टीमा जे जस्ता समस्याहरु देखिएका छन्। ती समस्याहरुलाई सस्थागत ढंगले समाधान गर्ने ढंगले अगाडि बढ्ने छौँ।’

कार्यदलले पार्टीका समस्या पहिचान गर्नुका साथै समाधानका उपायसमेत प्रतिवेदनमा सुझाउने पौडेलले बताए। आफूहरुले समस्या समाधानका उपाय छलफलबाट पहिचान गरी अध्यक्षद्वयलाई पेस गरिने उनले बताए। प्रतिवेदनलाई आधार मानेर अध्यक्षद्वयले पार्टीमा पेस गर्ने बताएइको छ।

महासचिव पौडेलको भनाइ उनकै शब्दमा
आज खासगरी दुई जना अध्यक्षबीच गम्भीर छलफल भयो। छलफलपछि एउटा महत्वपूर्ण निष्कर्षमा पुग्नु भएको छ। हाम्रो पार्टीको आन्तरिक जीवनमा जे जस्ता समस्याहरु देखा परे, ती समस्याको सकारात्मक समाधान खोज्दै नेकपाको एकतालाई अक्षुण्ण राख्नुपर्छ। यो एकतालाई सबल तुल्याउनु पर्छ, नेपाली जनताले नेकपामाथि जुन प्रकारको आशा अपेक्षा, विश्वास र भरोसा गरेका छन् त्यो पूरा गर्नुपर्छ।
साभार नेपाल लाईभ

प्रतिक्रिया दिनुहोस