६ आश्विन २०७७, मंगलवार || 22 Sep 2020, Tuesday

८० पुरुष , २२ महिला गरेर १०२ को मृत्यु

कोरोनाबाट थप ३ को मृत्यु, मृतकको स‌ंख्या १ सय २ पुग्यो

कपिलवस्तुको मायादेवी गाउँपालिका-७ का ४० वर्षीय पुरुषको साउन ३१ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलममा मृत्यु भएको हो
कोरोनाबाट थप ३ को मृत्यु, मृतकको स‌ंख्या १ सय २ पुग्यो

साउन ३१ गते २०७७

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तु, पर्सा र धनुषा जिल्लाका एकरएक जनाको मृत्यु भएको हो ।

कपिलवस्तुको मायादेवी गाउँपालिका-७ का ४० वर्षीय पुरुषको साउन ३१ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलममा मृत्यु भएको हो । त्यसैगरी पर्साको विरगञ्ज महानगरपालिका-१२ निवासी ६० वर्षीय पुरुषको साउन ३० गते नारायणी अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको हो ।

धनुषाको जनक नन्दनी गाउँपालिका-४ निवासी ५० वर्षीय पुरुषको साउन २९ गते कोरोनाका कारण निधन भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा ८० पुरुष र २२ महिला गरेर १०२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस