२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

कार्यदल बन्नु सकारात्मक भए पनि प्रक्रिया पुगेन

कार्यदलको गठन सचिवालय बैठकले गर्नुपर्ने माग :वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ

महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको कार्यदलमा शंकर पोखरेल,सुरेन्द्र पाण्डे,जनार्दन शर्मा,पम्फा भुषाल र भीम रावल छन्
कार्यदलको गठन सचिवालय बैठकले गर्नुपर्ने माग :वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ

साउन ३२ गते २०७७

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको विवाद मिलाउन बनेको कार्यदलको कार्यादेशका लागि सचिवालय बैठक बोलाउनु पर्ने माग उठेको छ। शुक्रबार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ६ सदस्यीय कार्यदल गठन गरेका थिए।

कार्यदलको गठन सचिवालय बैठकले गर्नुपर्ने भन्दै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए।

कमिटी बैठकले नबनाएका कार्यदलको अर्थ नहुने भन्दै सचिवायल बैठक जरूरी रहेको सचिवालय सदस्यले बताए।

यस्ता कार्यदल सचिवालय, स्थायी या केन्द्रीय कमिटीले बनाउनु पर्छ। दुई नेतालाई त्यस्तो अधिकार हुँदैन, ती सचिवालय सदस्यले भने,सम्भवत :भोलिसम्म सचिवालयको बैठक बस्छ होला। सचिवालयले एउटा कार्यादेश दिएर गठन नभई अर्थ हुँदैन। यसलाई औपचारिकता दिनुपर्छ।

कार्यदल बन्नु सकारात्मक भए पनि प्रक्रिया नपुगेकाले सचिवालय बैठक जरूरी रहेको उनले बताए।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको कार्यदलमा शंकर पोखरेल,सुरेन्द्र पाण्डे,जनार्दन शर्मा,पम्फा भुषाल र भीम रावल छन्। कार्यदलको पहिलो बैठक शनिबार बसिसकेको छ।

प्रतिक्रिया दिनुहोस