३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

१ भदौ , २०७७

कोहलपुरमा थप एक पेट्रोल पम्प र दुई बैंकमा काम गर्नेलाई कोरोना पुष्टि

बाँकेको कोहलपुरमा आइतवार राती थप तीन जनामा कोरोना पुष्टि
कोहलपुरमा थप एक पेट्रोल पम्प र दुई बैंकमा काम गर्नेलाई कोरोना पुष्टि

बाँकेको कोहलपुरमा आइतवार राती थप तीन जनामा कोरोना पुष्टि भएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको क्रममा कोहलपुरका तीन जनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग स्रोत व्यक्ति नरेश श्रेष्ठका थपिएका तीन जनामध्ये एक जना पेट्रोल पम्प र दुई जनामा बैंकमा काम गर्ने कर्मचारीहरु हुन् । तीनै जना पुरुषहरु रहेका छन् ।

कोहलपुरमा पछिल्लो समय समुदाय स्तरमा नै तिव्र रुपमा कोरोना फैलिरहेको छ । आइतवार राती थपिएका तीनै जनाको ट्राभल हिस्टी छैन ।

साभार – मिसन टुडे

 

प्रतिक्रिया दिनुहोस