२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

१ भदौ , २०७७

कर्णालीमा थपिए १४ जना कोरोना संक्रमित, १४ जना डिस्चार्ज

कर्णालीमा सोमबार थप १४ जना कोरोना संक्रमित डिस्चार्ज
कर्णालीमा थपिए १४ जना कोरोना संक्रमित, १४ जना डिस्चार्ज

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणबाट सोमबार थप १४ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सुर्खेतका सातजना, जुम्लाका तीनजना, दैलेख, सल्यान, धनुषा र भारतका एक/एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २०८१ पुगेको छ ।

यस्तै, कर्णालीमा सोमबार थप १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १९२८ पुगेको छ ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस