३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

२ भदौ , २०७७

सर्वोच्च अदालतका थप एक कर्मचारीमा कोरोना संक्रमण

अदालतमा सेवाग्राहीसँगको सम्पर्कमा रहेर काम गर्नुपर्ने १८० जनाको स्वाब परीक्षण
सर्वोच्च अदालतका थप एक कर्मचारीमा कोरोना संक्रमण

सर्वोच्च अदालतका थप एक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

अदालतमा सेवाग्राहीसँगको सम्पर्कमा रहेर काम गर्नुपर्ने १८० जनाको स्वाब परीक्षण गर्दा मंगलबार एक जनामा कोरोना संक्रमण पुष्टि भएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।

सर्वोच्चमा गत शनिबार संकलन गरिएको स्वाबको मंगलबार रिपोर्ट आएको हो । संक्रमित व्यक्ति इजलासमा बस्ने कर्मचारी हुन् ।

योसँगै सर्वोच्च अदालतमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । यसअघि एक जना गाडीचालक र एक न्यायाधीशको सहयोगीमा कोरोना संक्रमण देखिएको छ ।

कोरोना महामारीको त्रास बढेसँगै अघिल्लो हप्तादेखि सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिट र अरु केही जरुरी मुद्धाहरु तथा पेशी, तारेख लिनेजस्ता काममात्र सञ्चालन गरेर अरु काम रोकेको छ । तर अहिले पनि पेशी तारेख लिन र सार्वजनिक चासोका विषयमा रिट लिएर सर्वोच्च अदालत आउनेको संख्या धेरै छ ।

इजलासकै कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सर्वोच्चका कर्मचारीमा त्रास देखिएको छ ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस