३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुर

पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा उपचाररत दोलखा निवासी ३० वर्षीया महिला र सर्लाहीका ४६ वर्षीय पुरुषको निधन
पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

भाद्र ५ गते २०७७

पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। पाटन अस्पतालमा उपचाररत दोलखा निवासी ३० वर्षीया महिलाको आज विहान मृत्यु भएको अस्पतालले जनाएको छ। यस्तै सर्लाहीका ४६ वर्षीय पुरुषको पनि आज विहान निधन भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालले जनाकारी दिए।

प्रतिक्रिया दिनुहोस