३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

५ भदौ , २०७७

कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु

बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत ७७ वर्षीय पुरुषको शुक्रबार मृत्यु
कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ ।

बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत ७७ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो । उनलाई ग्रिनसिटी अस्पतालबाट बिहीबार मात्र बलम्बु लगिएको थियो ।उनी साउन ३० गते सप्तरीको राजविराजबाट काठमाडौं आएका थिए । त्यही दिन वीर अस्पतालको प्रयोगशालामा स्वाब दिएका उनको रिपोर्ट ३२ गते पोजेटिभ आयो । त्यसयता गि्रनसिटीमा रहेका उनको अवस्था गम्भीर भएपछि बिहीबार मात्र एपीएफ अस्पताल लगिएको थियो ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस