२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

६ भदौ , २०७७

गुल्मीमा एक साता लकडाउन

शुक्रबार राति १२ बजेदेखि भदौ १२ सम्म लकडाउन गरिएको प्रशासनले जनाएको छ
गुल्मीमा एक साता लकडाउन

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गुल्मीमा एक साता लकडाउन गरिएको छ। शुक्रबार राति १२ बजेदेखि भदौ १२ सम्म लकडाउन गरिएको प्रशासनले जनाएको छ। भाइरसको जोखिमलाई कम गर्नका लागि एक साता लकडाउन गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए।

लकडाउनको अवधिमा अत्यावश्यक कामबाहेक हिँड्डुल नगर्न, भीडभाड नगर्न, आ–आफ्नो घरमा परिवारसँग मात्र चाडपर्व मनाउन प्रशासनले आग्रह गरेको छ। तरकारी, दुग्धजन्य पदार्थहरुको पसल विहान र साँझ दुई पटक खोलिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। लकडाउनको कसैले अवज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने प्रजिअ शर्माले बताए।  गुल्मीमा अहिलेसम्म ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ३६४ जना निको भएर घर फर्किएका छन् भने दुईजनाको आइसोलेसनमा छन्। संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ।

साभार – थाहा खबर

प्रतिक्रिया दिनुहोस