३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

६ भदौ , २०७७

कोरोना संक्रमित गर्भवतीको कोहलपुरमा शल्यक्रिया

स्त्री रोग विशेषज्ञसहितको टोलीले बिहान सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ
कोरोना संक्रमित गर्भवतीको कोहलपुरमा शल्यक्रिया

गत सोमवार बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना संक्रमित गर्भवतीको शनिवार सफल शल्यक्रिया गरिएको छ । स्त्री रोग विशेषज्ञसहितको टोलीले बिहान सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।

संक्रमित महिलालाई गएराति एक्कासी पेट दुखेपछि नेपालगञ्जस्थित आइसोलेशनबाट अस्पताल लगिएको थियो । बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ वर्षीया गर्भवतीमा कोरोना संक्रमण देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालले भर्ना नलिएपछि कोहलपुर लगिएको थियो । मेडिकल कलेजका चिकित्सकले उनको तत्काल शल्यक्रिया गर्न आवश्यक नरहेको भनी आइसोशनमा राखेर निगरानी गरिरहेका थिए ।

शल्यक्रियाबाट जन्मिएको छोरीको तौल साढे २ किलो रहेको र स्वास्थ्य अवस्था ठीक रहेको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए । शिशुको भोली स्वाब परीक्षण गरेपछि मात्रै बच्चामा कोरोना भइरस संक्रमण भए नभएको थाहा हुने उनले बताए ।

उनका अनुसार योसँगै मेडिकल कलेजमा कोरोना संक्रमित चौथो गर्भवतीको शल्यक्रिया गरिएको हो । ती महिलाका श्रीमानलाई पनि कोरोना संक्रमण भएकोले उनी आइसोलेशनमा बसेका छन् ।

साभार – सदरलाइन

प्रतिक्रिया दिनुहोस