३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

७ भदौ , २०७७

भेरी अस्पतालमा कोरोना अस्पताल निर्माणको लागि सहयोग गर्न आव्हान

नेपालगञ्जको भेरी अस्पतालमा कोरोना अस्पताल सञ्चालनमा ल्याउनको लागि पहल सुरु
भेरी अस्पतालमा कोरोना अस्पताल निर्माणको लागि सहयोग गर्न आव्हान

नेपालगञ्जको भेरी अस्पतालमा कोरोना अस्पताल सञ्चालनमा ल्याउनको लागि पहल सुरु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको पहलमा सुरु गरिएको सो कार्यका लागि सहयोगी मनहरुलाई खुलेर सहयोग गर्न आग्रह गरिएको छ ।

सो प्रयोजनको लागि भेरी अस्पताल विकास समितिको नाममा रहेका राष्ट्रिय बाणिज्य बैंकको खाता नं.४१३०२०७०००७०१ मा मनकारी सहयोगिले यो खातामा आफुले गर्न चाहेको सहयोग जम्मा गर्न सक्ने छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक रामबहादुर कुरुम्बाङ्गले हालसम्म सो खातामा बाँकेका सबै राष्ट्रसेवक निजामती कर्मचारीले एक दिनको तलब जम्मा गरिसकेको जानकारी दिए ।

उनले बाँकेमा कोभिड–१९ को संकट बढ्दो अवस्थामा रहेकोले सो संकटबाट पार पाउनको लागि सबैको हातेमालो हुन आवश्यक रहेको भन्दै मनकारी सहयोगी मनहरुले खुलेर सहयोग गर्न आग्रह गरेका छन् ।

साभार – सदरलाइन

प्रतिक्रिया दिनुहोस