३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

सबैभन्दा धेरै पर्सामा १ सय ४५ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर थपिए ८ सय १८ जना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमका अनुसार ५ सय ९८ पुरुष र २ सय २० जना महिलामा कोरोन पुष्टि भएको हो
पछिल्लो २४ घण्टामा देशभर थपिए ८ सय १८ जना संक्रमित

भाद्र ७ गते २०७७

देशभर पछिल्लो २४ घण्टामा ८ सय १८ जना कोरोना संक्रमित थपिएका छन्। यस क्रममा सबैभन्दा धेरै पर्सामा १ सय ४५ जना संक्रमित थपिएका छन्। त्यसैगरी काठमाडौं जिल्लामा १ सय २६ जना कोरोना संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमका अनुसार ५ सय ९८ पुरुष र २ सय २० जना महिलामा कोरोन पुष्टि भएको हो। गौतमका अुनसार पर्सामा १ सय ४५ जना काठमाडौं जिल्लामा १ सय २६ जना र सर्लाहीमा ९१ जना संक्रमित सबैभन्दा उच्च हो।

प्रतिक्रिया दिनुहोस