२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

भदौ १४ गतेसम्म निषेधाज्ञाको आदेश जारी

रुपन्देहीमा आज आइतबार राति सम्म जारी रहेको निषेधाज्ञा भदौ १४ गतेसम्म थप

खाद्यान्न, फलफूल, तरकारी, माछामासु, दुध तथा डेरी जन्य पसलहरु बिहान ६ बजेदेखि ९ बजेसम्म (तीन घण्टा) र बेलुका ४ः३० बजेदेखि ६ः३० बजेसम्म (दुई घण्टा) सञ्चालन गर्न पाइने
रुपन्देहीमा  आज आइतबार राति  सम्म जारी रहेको निषेधाज्ञा भदौ १४ गतेसम्म थप

भाद्र ७ गते २०७७

रुपन्देहीमा आइतबार राति (आज) सम्म जारी रहेको निषेधाज्ञा भदौ १४ गतेसम्म थप गरिएको छ । जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले कोरोना संक्रमण बढ्दै गएकाले निधेषाज्ञा १४ गतेसम्म बढाउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ । सोही सिफारिसका आधारमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भदौ १४ गतेसम्म निषेधाज्ञाको आदेश जारी गरेका हुन् ।

निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा अन्तर्गत खाद्यान्न, फलफूल, तरकारी, माछामासु, दुध तथा डेरी जन्य पसलहरु बिहान ६ बजेदेखि ९ बजेसम्म (तीन घण्टा) र बेलुका ४ः३० बजेदेखि ६ः३० बजेसम्म (दुई घण्टा) सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ ।

यसअघि सिद्धार्थनगर नगरपालिकाले पनि भदौ १४ गतेसम्म निषेधाज्ञा लम्ब्याउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस