२८ भाद्र २०७७, आईतवार || 13 Sep 2020, Sunday

कोरोना संक्रमण बाट मर्नेको संख्या ४

नेपालगञ्ज उपमहानगरपालिकामा ५, कोहलपुरमा २ र नरैनापुरका १ जनामा कोरोना संक्रमण पुष्टि

बाँकेमा कोरोना संक्रमितको संख्या ८सय २९ निको भएर घर फर्किनेको संख्या ६ सय २८ आईशोलेशन वार्डमा १ सय ९७ जना :फोकल पर्सन नरेशबाबु श्रेष्ठ
नेपालगञ्ज उपमहानगरपालिकामा ५, कोहलपुरमा २ र नरैनापुरका १ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र ७ गते २०७७

बाँकेमा आईतबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा नेपालगञ्ज उपमहानगरपालिकामा ५, कोहलपुरमा २ र नरैनापुर गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बाँकेमा कोरोना संक्रमितको संख्या ८सय २९ जना पुगेको छ । उनका अनुसार भोली सोमबार १४ जना डिस्चार्ज हुने भएकाले निको भएर घर फर्किनेको संख्या ६ सय २८ जना पुग्ने छ ।बाँकेका विभिन्न आईशोलेशन वार्डमा १ सय ९७ जना रहेका छन् भने बाँकेमा कोरोना संक्रमण बाट मर्नेको संख्या ४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस