२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

प्रदेश १ का मात्रै २९ जनाको मृत्यु

प्रदेश १ मा ३५ दिनमा ४१ जना संक्रमितको मृत्यु

साउन १५ देखि भदौ २० सम्म उनीहरुको बिपी प्रतिष्ठान, कोसी अस्पताल, कोसी कोभिड १९ उपचार केन्द्रका साथै मेची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ
प्रदेश १ मा ३५ दिनमा ४१ जना संक्रमितको मृत्यु

भाद्र २१ गते २०७७
प्रदेश १ मा कोराना संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ। प्रदेशमा एकै दिन ४ जनासम्मको मृत्यु हुन थालेको छ। पछिल्लो समय आइतबार मात्र प्रदेश एकमा दुई जना संक्रमितको उपचार क्रममा मृत्यु भएको छ। कोरोना संक्रमणका कारण विराटनगरस्थित कोसी अस्पताल र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १/१ जना गरी दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेका विराटनगर र झापामा छन्। विराटनगर महानगरपालिका–२ तीनपैनी चोकका ७० वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हो।

ज्वरो, खोकी र स्वासप्रस्वासमा समस्या भएपछि शनिबार साढे ५ बजे अस्पतालमा उनको मृत्यु भएको कोसी अस्पतालका सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए। प्रदेश जनस्वास्थ्य ल्याबमा गरिएकोे मृतकको स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो। यसैगरी धरानस्थित बिपी प्रतिष्ठानमा झापा कन्काई–३ की ३५ वर्षीया महिलाको उपचार क्रममा आइतबार मृत्यु भएको छ। बिहान १०ः४५ मा उनका मृत्यु भएको प्रतिष्ठाले जनाएको छ। दुई दिनदेखि ज्वरो आएको र स्वासपश्वासमा समस्या भएपछि उनलाई प्रतिष्ठान भर्ना गरिएकोमा प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा उपचार क्रममा उनको मृत्यु भएको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए।

प्रतिष्ठानमा भर्ना गरेर उपचार सुरु गरेको र स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। शनिबार मात्र प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको थियो। मृत्यु हुने सबै मोरङका हुन्। विराटनगरका २ महिला र बुढीगंगा र धनपालथानका १–१ पुरुषको कोरोनाबाट मृत्यु भएको थियो। प्रदेश १ मा ३५ दिनमा ४१ जना संक्रमितको मृत्यु भएको छ। जसमा प्रदेश १ का मात्रै २९ जना छन्। साउन १५ देखि भदौ २० सम्म उनीहरुको बिपी प्रतिष्ठान, कोसी अस्पताल, कोसी कोभिड १९ उपचार केन्द्रका साथै मेची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा पहिलो पटक गएको साउन १५ गते बिपी प्रतिष्ठानमा मोरङ सुनवर्सी गाउपालिका–८ का ४५ वर्षका एक पुरुषको मृत्यु भएको थियो। संक्रमित पुरुष मृत्यु भएको प्रदेशमा पहिलो केस थियोे। यो अवधिमा सबैभन्दा बढी प्रतिष्ठानमा उपचाररत २३ कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस