२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

कर्णालीमा हालसम्म ६ जनाको मृत्यु

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

कर्णालीमा कोरोना संक्रमितको संख्या २ हजार ६सय ७४,,,३ सय ५१ जना सकृय संक्रमित आइसोलेसनमा
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि

भाद्र २२ गते २०७७
कर्णालीमा २५ कोरोना संक्रमित थपिए (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगसालामा गरिएको पीसीआर परीक्षणमा सोमबार २५ जनामा संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको रिपोर्टअनुसार सुर्खेतका ८ जना, दैलेखका ५ जना, मुगु र बाँकेका २र२जना, कालीकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम, बर्दिया, अछाम, तेहथुम र जुम्लाका १र१जनामा संक्रमण पुष्टि भएको छ । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २ हजार ६सय ७४ पुगेको छ ।

साथै, कर्णालीमा सोमबार थप १० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसंँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या २ हजार ३ सय १७ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ ।

कर्णालीमा हालसम्म ६ जनाको मृत्यु भएको छ भने ३ सय ५१ जना सकृय संक्रमित आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस