२८ भाद्र २०७७, आईतवार || 13 Sep 2020, Sunday

आफन्त बीच भेटघाट गत चैत ७ गतेदेखि बन्द

तुलसीपुर कारागारमा क्षमताभन्दा बढी कैदिबन्दी

हालसम्म कारागारमा २५ जना महिला, ४ सय ३५ जना पुरुष र २ जना आश्रित बालबालिका गरी ४ सय ६२ जना छन् : जेलर युवराज परियार
तुलसीपुर कारागारमा क्षमताभन्दा बढी कैदिबन्दी

भाद्र २६ गते २०७७
दाङको तुलसीपुर कारागारमा क्षमताभन्दा बढी कैदिबन्दीहरु रहेका छन्। कारागारमा २ वटा ब्लकहरु रहेका छन्। हालसम्म कारागारमा २५ जना महिला, ४ सय ३५ जना पुरुष र २ जना आश्रित बालबालिका गरी ४ सय ६२ जना रहेको जेलर युवराज परियारले बताए। तुलसीपुर कारागारमा २ सय २० जनासम्म राख्न मिल्ने कारागारमा भएता पनि साढे ४ सय बढि कैदिबन्दीहरु रहेको उनको भनाई छ। कारागारको पुरानो भवनमा महिलाहरु र नयाँ भवनमा पुरुषहरुलाई राखिएको उनले बताए।

अहिले कारागारमा बाहिरबाट पहिला जस्ता बाहिरबाट आउने कैदिबन्दीहरुको संख्या कमी भएता पनि केही मात्रमा आउने गरेको समेत उनले बताए। बाहिरबाट आएका कैदिबन्दीहरुलाई कारागार भित्रको  क्वारेन्टाइनमा   १४ दिनसम्म त्यसैमा राख्ने गरेको उनले बताए। तर, बाहिरबाट आउने कैदीबन्दीका कारण जोखिम भने रहेको उनको भनाइ छ।

तर महिलाहरु राखिएको भवन पुरानो भएकाले त्यहाँ प्रशस्त शौचालय नभएको र त्यहाँ नयाँ आउनको लागि एउटा शौचालय छुट्टै व्‍यवस्था गरिदिएको समेत उनले बताए। त्यसैगरी नयाँ आउने कैदीबन्दी मात्र नभई कारागारमा खटिने सुरक्षाकर्मी, कर्मचारीहरूले समेत स्वास्थ्य सामग्रीहरू प्रयोग गर्दै काम गरिरहेको उनको भनाई छ। तुलसीपुर कारागारमा पनि कैदीबन्दीका आफन्त बीच भेटघाट गत चैत ७ गतेदेखि बन्द गरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस