२८ भाद्र २०७७, आईतवार || 13 Sep 2020, Sunday

२८ भदौ , २०७७

अब सबै ल्याबमा दुई हजारमै पीसीआर टेष्ट

पछिल्लो समय त्यसलाई घटाएर ४ हजार रुपैयाँ बनाइएको थियो
अब सबै ल्याबमा दुई हजारमै पीसीआर टेष्ट

सरकारले कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ । अब सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर टेष्ट हुनेछ ।

रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

सुरुमा पीसीआर टेष्टको शुल्क ५५०० तोकिएको थियो । पछिल्लो समय त्यसलाई घटाएर ४ हजार रुपैयाँ बनाइएको थियो।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस