२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

२९ भदौ , २०७७

११७० जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ५५ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन्
११७० जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ५५ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा ११७० जनाका कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । उनीहरुमध्ये २६० जनाको मृत्यु भएको छ भने ३९ हजार ५७६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन् ।

हाल देशभर १५ हजार ३९३ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

साभार – अनलाइन खबर
प्रतिक्रिया दिनुहोस