३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

३० भदौ , २०७७

भारतले प्याज निर्यात रोक्यो , नेपालमा ह्वात्तै बढ्यो मूल्य

कुनै व्यापारीहरुसँग भएको प्याज पनि महँगोमा बिक्री भइरहेको छ
भारतले प्याज निर्यात रोक्यो , नेपालमा ह्वात्तै बढ्यो मूल्य

भारत सरकारले प्याजको निर्यात रोकेपछि नेपालमासमेत प्याज पाइनै छाडेको छ । आक्कल झुक्कल कुनै पसलमा पाइने प्याज पनि अचाक्ली महँगो छ ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले भारतले प्याज निर्यात रोकेको जानकारी दिए ।

भारतबाट २९ भदौदेखि प्याज नआएकाले नेपालमा अभाव भएको व्यापारीहरु बताउँछन् ।

काठमाडौंको कालिमाटीस्थित तरकारी बजारमा आलुप्याजको होलसेल व्यापार गर्दै आएका दधिराम उप्रेतीले भने, ‘भारतबाट प्याज आउन छोडेपछि नेपालमा पनि पाउनै छोड्यो ।’

कुनै व्यापारीहरुसँग भएको प्याज पनि महँगोमा बिक्री भइरहेको छ । व्यापारीहरुले एक किलो प्याजको मूल्य ८० रुपैयाँभन्दा बढी लिने गरेको उपभोक्ताहरु बताउँछन् । जबकी अघिल्लो दिनसम्म प्याज ६६ रुपैयाँ प्रतिकिलोमा पाइन्थ्यो।

भारतले निर्यात रोकेको बहानामा व्यापारीहरुले स्टकमा रहेको प्याजको कृत्रिम अभाव सिर्जना गर्दै महँगोमा बेचिरहेको आशंका उपभोक्ताहरुको छ ।

साभार – अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस