३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

३० भदौ , २०७७

महालक्ष्मी नगरपालिकाका मेयरलाई कोरोना संक्रमण

ज्वरो आएकाले हिजो दिउँसो ललितपुरको किस्ट अस्पताल पुगेका उनको रिपोर्ट हिजो राति नै पोजेटिभ आएको हो
महालक्ष्मी नगरपालिकाका मेयरलाई कोरोना संक्रमण

ललितपुरपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ।

ज्वरो आएकाले हिजो दिउँसो ललितपुरको किस्ट अस्पताल पुगेका उनको रिपोर्ट हिजो राति नै पोजेटिभ आएको हो। किस्ट अस्पतालका अनुसार उनमा अक्सिजनको मात्र कम र ज्वरो देखिएको छ। उनको श्रीमतीलाई पनि संक्रमण पुष्टि भएको छ।

किस्ट अस्पताला अपरेटिङ चिफ अमिस पाठकका अनुसार उनलाई अस्पतालको मेडिसिन डिपार्टमेण्टले हेरिरहेको छ भने रेमडिसिभिर चलाउने तयारी चलिरहेको छ। मेयर श्रेष्ठ अस्पतालको रेड जोनमा छन्।

साभार – अनलाइन खबर
प्रतिक्रिया दिनुहोस