१ आश्विन २०७७, बिहीबार || 17 Sep 2020, Thursday

१ असोज , २०७७

१२४६ जनामा कोरोना संक्रमण पुष्टि

१२४३ जना डिस्चार्ज
१२४६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ६४१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । उनीहरुमध्ये ३८३ जनाको मृत्यु भएको छ भने ४२ हजार ९४९ जना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र १२४३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस