१२ आश्विन २०७७, सोमबार || 28 Sep 2020, Monday

एनसीबीले नायिकाहरुलाई अब कहिले बयानका लागि बोलाउँछ पक्का छैन

एनसीबीको सोधपुछका क्रममा डराइन् दीपिका

एनसीबीको सोधपुछका क्रममा डराइन् दीपिका

नायिका दीपिका पादुकोणले केही दिनयता कानुनी झमेला भोगिरहेकी छिन् । नायक सुशान्त सिंह राजपुतको निधनपछि उत्पन्न परिस्थितीले उनलाई कानुनी घेरामा ल्याएको हो । सुशान्तको निधनको मुद्दा ड्रग्ससँग जोडिएपछि दीपिका लगायत केही नायिकाको नाम यसमा मुछिएको छ।

शनिबार बलिउडका केही नायिकासँग भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरोले बयान लियो । बयानका क्रममा नायिका साराअली खान, रकुल प्रित सिंह र श्रद्धा कपुरले आफ्नो अडान स्पष्ट रुपमा राखेको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनीहरुले ड्रग्स सेवन नगरेको अडान राखेका थिए ।

तर, नायिका दीपिका पादुकोण पनि स्पष्ट अडानमा उभिन नसकेको भारतीय मिडियाले जनाएका छन् । मिडिया रिपोर्टका अनुसार, दीपिकाको बयान बारम्बार बदलिएको थियो । उनी, बयानका क्रममा रोकिएकी समेत दिइन् ।

दीपिकालाई यो घटनाले गहिरो असर पारेको भारतीय मिडियाले जनाएका छन् । शुक्रबार बेलुकी चार्टर प्लेनबाट मुम्बइ आएकी दीपिकाले आफ्ना वकिलहरुसँग छलफल समेत गरेकी थिइन् । तर, शनिबार बयानका क्रममा भने दीपिकामा आत्मविश्वास नदेखिएको बताइएको छ ।

एनसीबीले नायिकाहरुलाई अब कहिले बयानका लागि बोलाउँछ पक्का छैन । तर, कुनै पनि समयमा नायिकाहरुलाई बयानका लागि बोलाउन सक्ने दाबी भारतीय मिडियाको छ । शनिबार बलिउडका ४ नायिकाको मोबाइल समेत जफत गरिएको छ ।

साभार – अनलाइन खबर
प्रतिक्रिया दिनुहोस