१३ आश्विन २०७७, मंगलवार || 29 Sep 2020, Tuesday

अमेरिका सबैभन्दा बढी प्रभावित

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट १० लाख ५ सय ५५ जनाको मृत्यु

भारतमा ६० लाख ७४ हजार ७ सयभन्दा बढी संक्रमित भएका छन् भने ९५ हजार ५ सयभन्दा बढीको ज्यान गयो
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट  १० लाख ५ सय ५५ जनाको मृत्यु

 

असोज १३ गते २०७७
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मंगलबार बिहानसम्म भाइरसका कारण १० लाख ५ सय ५५ जनाको मृत्यु भइसकेको छ । विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख्या विश्वभर ३ करोड ३२ लाख ७३ हजार नाघेको छ । कुल संक्रमितमध्ये २ करोड ३० लाखभन्दा बढी निको भएका छन् । विश्वभर अझै पनि ६५ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको जनाइएको छ ।

भाइरसका कारण अमेरिका सबैभन्दा बढी प्रभावित छ । अमेरिकामा भाइरसका कारण २ लाख ५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ७१ लाख ४७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । भारतमा ६० लाख ७४ हजार ७ सयभन्दा बढी संक्रमित भएका छन् भने ९५ हजार ५ सयभन्दा बढीको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस