२० आश्विन २०७७, मंगलवार || 06 Oct 2020, Tuesday

‘पार्टी निर्देशन बाहिर जान र बोल्न रोक

राजधानी दाङको देउखुरी बनाउने प्रदेश सरकारको प्रस्तावका पक्षमा मत हाल्न नेकपा प्रदेशसभा सदस्यहरुलाई ह्विप :सचेतक भूमीश्वर ढकाल

प्रदेश ५ मा नेकपाका ६१, कांग्रेसका १९, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका १ गरी ८७ सदस्य छन्,सरकारको प्रस्ताव पारित हुनका लागि ५८ मत चाहिन्छ जुन नेकपाले ह्विप जारी गरेपछि पूरा हुने देखिएको छ
राजधानी दाङको देउखुरी बनाउने प्रदेश सरकारको प्रस्तावका पक्षमा मत हाल्न नेकपा प्रदेशसभा सदस्यहरुलाई ह्विप :सचेतक भूमीश्वर ढकाल

असोज १९ गते २०७७
प्रदेश ५ को नेकपा स‌ंसदीय दलले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी बनाउने प्रदेश सरकारको प्रस्तावका पक्षमा मत हाल्न आफ्ना प्रदेशसभा सदस्यहरुलाई ह्विप जारी गरेको छ । संसदीय दलको सोमबार बसेको बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शंकर पोखरेलले सरकारको निर्णयका पक्षमै मत हाल्न ह्विप जारी गरेको प्रदेशसभा सदस्य दधिराम न्यौपानेले जानकारी दिए ।

प्रदेश ५ मा नेकपाका ६१, कांग्रेसका १९, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका १ गरी ८७ सदस्य छन् । सरकारको प्रस्ताव पारित हुनका लागि ५८ मत चाहिन्छ जुन नेकपाले ह्विप जारी गरेपछि पूरा हुने देखिएको छ । यसअघि दाङको देउखुरी क्षेत्रलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्तावमा लुम्बिनी क्षेत्रका नेकपाका १४ सांसदले नोट अफ डिसेन्ट लेखेका थिए ।

नेकपाका सचेतक भूमीश्वर ढकालले जेजस्ता आन्तरिक विवाद भए पनि अब ह्विप लागेकाले प्रदेशसभा सदस्यहरू राजधानी सार्ने पक्षमा मतदान गर्न तयार भएको बताए । ‘पार्टी निर्देशन बाहिर जान र बोल्न रोक लगाइएको छ,’ उनले भने, ‘राजधानी दाङ लैजान सरकारले गरेको प्रस्तावको पक्षमा समेत अनिवार्य मतदान गर्न निर्देशन दिइएको छ ।’

साभार कान्तिपुर

 

प्रतिक्रिया दिनुहोस