२१ आश्विन २०७७, बुधबार || 07 Oct 2020, Wednesday

२३ गाउँमा अझै पुर्ण रुपमा विद्युत पुगेन

बिद्युत विस्तारमा खेलवाड भए सशक्त आन्दोलन गर्छौ : नेता पट्टु थारु

यहि २२ गते दिउँसो १ बजेदेखि २ बजे सम्म पुुर्व पश्चिम राजमार्गको अगैयामा चक्काजाम गर्ने, २३ गते नेपालगन्जको सम्मानित उच्च अदालत बाहिर धर्ना दिने
बिद्युत विस्तारमा खेलवाड भए सशक्त आन्दोलन गर्छौ : नेता पट्टु थारु

 

असोज २० गते २०७७

विद्युत विस्तारमा फेरी बाधा अड्चन गरेपछि राप्ती सोनारी र नरैनापुरका स्थानीय बासिन्दाहरु आन्दोलन उत्रिएका छन् । उनीहरुले मंगलबार बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङलाई ज्ञापन पत्र बुझाउँदै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन । १ सय ५० बढिको संख्यामा आएका स्थानीय बासिन्दा तथा विभिन्न पार्टीका नेता कार्यकर्ताहरुले प्रजिअ समक्ष आक्रोस पोख्दै सरकारी कार्यालय घेराउ देखि राजमार्ग बन्द गर्ने सम्मका आन्दोलन गर्ने भनेका छन् ।
संविधान सभा सदस्य पट्टु थारुको संयोजकत्वमा गठन भएको संघर्ष समितिले मंगलबार प्रजिअ सँगै क्षेत्रिय विद्युत प्राधिकरण, सबै राजनीतिक दलका कार्यालय तथा सम्बन्धित सरोकारवाला निकायमा पनि ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझ्दै प्रजिअ रामबहादुर कुरुवाङले यस बिषयमा आफु निकै सकारात्मक रहेको र प्र।जि अ को हैसियतले सम्मानित अदालतलाई विद्युत विस्तारको पक्षमा जवाफ दिएको बताएका छन् । ज्ञापन पत्र बु्झाउन आएको टोलीलाई प्रजिअ कुरुवाङले मागहरु सरोकार पक्ष सँगको छलफल बाट पुरा गरिने बताएका थिए ।
कोहलपुर बाट धामपुरको सब स्टेशन सम्म ३३ केभीको मुख्य लाइन गएपनि गाउँ गाउँमा वितरण भने हुन सकेको छैन । विद्युत प्राधिकरणले अड्किएको कामलाई अगाडी बढाउन खोज्दागौरी पार्वती उष्मा जे।भीका प्रमुख ठेकेदार राजेन्द्र मिश्रले उच्च अदालत नेपालगन्जमा मुद्धा दर्ता गराए पछि स्थानीयहरु झनै आक्रोशित बनेका हुन । उनीहरुले यहि २२ गते दिउँसो १ बजेदेखि २ बजे सम्म पुुर्व पश्चिम राजमार्गको अगैयामा चक्काजाम गर्ने, २३ गते नेपालगन्जको सम्मानित उच्च अदालत बाहिर धर्ना दिने उल्लेख गरेका छन् । सुनुवाई नभएको खण्डमा पुर्वपश्चिम राजमार्गको अगैयामा अनिश्चिकालिन चक्काजाम गर्ने जनाएका छन् ।

अहिले पनि राप्ती सोनारी वडा न. ३, ४ वडाका २३ गाउँमा अझै पुर्ण रुपमा विद्युत पुगेको छैन । राप्ती सोनारीवडा नम्बर ५ का केहि गाउँ र नरैनापुर गाउँपालिकाको ५ वटा भन्दा बढि वडामा विद्युत विस्तार हुन सकेको छैन । २०६४ सालमा ४६ करोड लागतमा ३३ केभी लाइन विस्तारका लागि टेण्डर भएको भएपनि कामको जिम्मा पाएको गौरी पार्वती उष्मा जे।भीले १४ बर्ष सम्म काम नगरेपछि विद्युत विस्तार हुन सकेको थिएन । नेपालगन्ज हुँदै फत्तेपुर सम्म विस्तार भएको लाईन मार्फत राप्ती सोनारीका वडा न। ५ का केहि गाउँमा भने विद्युत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस