२२ आश्विन २०७७, बिहीबार || 08 Oct 2020, Thursday

तुलसीपुर उच्च अदालत नेपालगञ्जमा धर्ना

बत्ती बाल्ने धोको पुरा गरेरै छाड्छौ : संविधान सभा सदस्य थारु

ठेकेदार कम्पन्नीको लापरवाहीका कारण साविक बैजापुर र नरैनापुरका २३ भन्दा बढी गाँउ अध्यारो हुने भए पछि जनता आन्दोलनमा उत्रे
बत्ती बाल्ने धोको पुरा गरेरै छाड्छौ : संविधान सभा सदस्य थारु

 

असोज २२ गते २०७७

बिद्युत विस्तार संघर्ष समितिको आयोजनामा आज राप्ती सोनारी २ स्थित अगैयाघाटमा १ घण्टे चक्काजाम कार्यक्रम सम्पन्न भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवाङ लाई ज्ञापनपत्र बुझाउदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको विद्युत विस्तार संघर्ष समितिले पुर्व घोषित कार्यक्रम अनुरुप अगैयामा चक्काजाम गरेको हो । राप्ती सोनारीको बैजापुर र साविकको नरैनापुरमा ठेकेदार कम्पन्नीको बदमासीका कारण बत्ती बाल्न समस्या भए पछि जनताहरु आन्दोलनमा उत्रेको संविधानसभा सदस्य तथा संघर्ष समितिका संयोजक पट्टु थारुले बताए ।

चाडपर्व र खेतमा धान उठाउने बेला किसानहरु उज्यालोको लागि आन्दोलनमा उत्रनु रहर नभई बाध्यता भएको नेकपाका नेता तुलसी थारु बताउछन् । श्री उष्मा गौरी पार्वती जेभीले २०६९ सालमा सम्झौता गरि हालसम्म काम नगरे पछि विद्युत प्राधिकरणले आफैले काम गर्न खोजे पछि ठेकेदार कम्पन्नी अदालत पुगे पछि जनता भने सडकमा पुगेका हुन् ।संविधान सभा सदस्य तथा संघर्ष समितिका संयोजक पट्टु थारुले सम्झौता बमोजिम काम नगर्ने र जनता लाई दुख दिने यस्ता कम्पन्नी खारेज गर्नु पर्ने बताए ।

बैजापुरको धामपुरमै ३३ केभि प्रशारण लाईनको सब स्टेशन भए पनि बैजापुर ठेकेदार कम्पन्नीको लापरवाहीका कारण साविक बैजापुर र नरैनापुरका २३ भन्दा बढी गाँउ अध्यारो हुने भए पछि जनता आन्दोलनमा उत्रेको समाजसेवी कमला विकले बताईन् ।संघर्ष समितिको आयोजनामा शुक्रबार पनि चक्काजाम र तुलसीपुर उच्च अदालत नेपालगञ्जमा धर्ना दिईने सो समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस