३० आश्विन २०७७, शुक्रबार || 16 Oct 2020, Friday

‘गन्थन र गुनासोमा मात्रै अल्मलनु हुन्न

मेरो जिम्मेवारी नेपालमै नयाँ अभ्यास : ईश्वर पोखरेल

लगानी बोर्ड, राष्ट्रिय योजना आयोग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, राष्ट्रिय अनुसन्धान विभाग लगायत उपप्रधानमन्त्री पोखरेलले हेर्ने
मेरो जिम्मेवारी नेपालमै नयाँ अभ्यास : ईश्वर पोखरेल

 

असोज २९ गते २०७७

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफूले पाएको जिम्मेवारी नेपालमै नयाँ अभ्यास भएको बताएका छन् । रक्षा मन्त्रालयबाट विदाइ भएर प्रधानमन्त्रीको कार्यालयमा पदभार ग्रहणपछि राखिएको स्वागत कार्यक्रममा मन्त्री पोखरेलले नयाँ अभ्यास अमूर्त नहुने बताए ।

‘मेरो तहको व्यक्तिलाई यस्तो जिम्मेवारी दिइएको मलाई थाहा छैन । संभवतः यो नेपालको मन्त्रिपरिषद्मा नौलो अभ्यास हो’, उनले भने । औपचारिकता निर्वाह गर्नु मात्रै नभएर संरचनामै परिवर्तन ल्याउन आफू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आएको उनले बताए ।

‘गन्थन र गुनासोमा मात्रै अल्मलनु हुन्न । अमूर्त कुरा गर्ने मात्रै होइन, स्टक्चरमै देखिने गरी काम गर्नुपर्छ । म त्यसैका लागि यहाँ आएको हुँ’, पोखरेलको भनाइ थियो । प्रधानमन्त्री कार्यालयको राम्रो कार्यक्रम पनि नारामा सीमित भएको संकेत गर्दै उपप्रधानमन्त्री पोखरेलले अब त्यस्तो नहुने बताए ।

‘लोकप्रिय कार्यक्रम हेलो सरकार गर्दैछ के ?ढलकढलक ११/१२ बजेतिर आउने अनि चार/पाँच नबज्दै फर्कने काम भइरहेको छ’, मन्त्री पोखरेलले उदाहरण दिए । तर, अब त्यसरी नहुने र कामबाटै जनतालाई जवाफ दिनुपर्ने मन्त्री पोखरेलले बताए ।

आफूले हेर्ने क्षेत्रहरु लगानी बोर्ड, राष्ट्रिय योजना आयोग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, राष्ट्रिय अनुसन्धान विभाग लगायतको फेहरिस्त पनि मन्त्री पोखरेलले मन्तव्यका कार्यक्रममा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस