६ मंसिर २०७७, शनिबार || 21 Nov 2020, Saturday

दलित र श्रमिकहरुको नारा बेच्ने हैन

किसान र उपभोक्ता विचको पुल सहकारी बनोस् : मन्त्री पौडेल

नेपालमा सत्ता परिवर्तन भए पनि गरिब र उत्पीडितका अवस्था जस्ताका तस्तै : अध्यक्ष विश्वकर्मा
किसान र उपभोक्ता विचको पुल सहकारी बनोस् : मन्त्री पौडेल

 

२०७७ मंसिर ६ गते /कोहलपुर
संघर्ष दलित महिला बचत तथा ऋण सहकारी संस्था लि.को भवन उदघाटन कार्यक्रम लाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश कि कृषि सहकारी मन्त्री आरती पौडेलले किसान र उपभोक्ता विचको पुल सहकारी बन्नुपर्नेमा जोड दिएकी छिन् । उनले दलित महिलाहरुले संचालन गरेको सहकारी नमुना सहकारी भएको बताईन् । भुमि,कृषि तथा सहकारी मन्त्रीको हैसियतमा मन्त्रालय बारे प्रकाश पार्दै मन्त्री पौडेलले कृषिकर्मी को सम्बोधन र भुमिको व्यवस्थापनमा सरकार लागि परेको बताईन् ।संघर्ष दलित महिला बचत तथा ऋण सहकारी संस्थाले छोटो समयमा विकास गरेको बताउदै नेपाली कांग्रेस कोहलपुरका सभापति बलराम शर्माले नेपाली कांग्रेस उत्पीडितहरुको पार्टी भएको बताउदै कांग्रेस गरिब र दलितको पार्टी भएको बताए । कांग्रेस सभापति बलराम शर्माले सहकारीले ब्याजदर न्युनीकरणमा ध्यान दिन आग्रह गरेका थिए । भवन उदघाटन लाई सम्बोधन गर्दै जनता समाजवादीका धन प्रसाद धितालले गरिब ,दलित र श्रमिकहरुको नारा बेच्ने हैन उनीहरुको भाग्य र भविष्य बनाउने पार्टी नै जनता समाजवादी भएको बताए ।

उनले कोहलपुर भित्र दलित समुदाय माथि कुनै उत्पीडन भए जनता समाजवादी मौन नबस्ने समेत उदघोष गरे । दलित सेवा संघका केन्द्रिय अध्यक्ष ईश्वरी प्रसाद विश्वकर्माले संघर्ष दलित महिला बचत तथा ऋण सहकारी संस्थाको गठन,काम र उद्देश्य बारे बोलेका थिए । उनले नेपालमा सत्ता परिवर्तन भए पनि गरिब र उत्पीडितका अवस्था जस्ताका तस्तै रहेको दुखेसो पोखे । कार्यक्रममा सहकारीकी नेतृ मिना सिग्देल,दलित समुदायका अगुवा गजाधर सुनार,प्रेस संगठन बाँकेका सहसंयोजक हेमन्त विक,,दलित महिला संघकि निर्मला सुनार सहकारीका सल्लाहकार बुध बहादुर सुनार,पुजन विश्वकर्मा , बसोबास महिला सहकारी कि केश कुमारी भण्डारी र सहकारी कार्यसमितिका सदस्यहरुको सहभागिता थियो । सहकारीकि तुलसी सुनारले संचालन गरेको कार्यक्रमको अध्यक्षता शितला परियारले गरेकी थिईन् । २०६३ बाट शुरु भएको संघर्ष दलित महिला बचत तथा ऋण सहकारी संस्था लि. १४ बर्ष पछि कोहलपुर नगरपालिका वडा नं २को कार्यालय नजिकै रहेको आफ्नो नवनिर्मित भवनमा शनिबार बाट सरेको सो सहकारी कि सचिव तिला विकले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस