७ मंसिर २०७७, आईतवार || 22 Nov 2020, Sunday

मधुमेह र निमोनियाको समस्या

कोरोना भाइरसबाट थप ११ जनाको मृत्यु

तुलसीपुर उपमहानगरपालिका–९, दाङका ६८ वर्षका पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा आइतबार विहान १ः४० बजे मृत्यु
कोरोना भाइरसबाट थप ११ जनाको मृत्यु

 

 

७ मंसिर २०७७

कोरोना भाइरस संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । काठमाडौंका ५ जना, दाङका २ जना, काभ्रे, सप्तरी, तनहुँ र बर्दियाका १र१ जनाको मृत्यु भएको सम्बन्धित अस्पताल र प्रदेशका सामाजिक विकास मन्त्रालयले जनाएका छन् ।

1)राजविराज नगरपालिका–२, सप्तरीका ५७ वर्षका पुरुषको विराटनगरको नोबल मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको छ । दुई 2)साताअघि कोरोना संक्रमण पुष्टि भएका उनी नोबलमै उपचाररत थिए । उनी सिराहाको कल्याणपुर नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य अधिकृत हुन् ।
3)काठमाडौंकी ६५ वर्षकी महिलाको मंसिर ५ गते मृतयु भएको छ । कात्तिक २८ गते अस्पताल भर्ना भएकी र २९ गते संक्रमण पुष्टि भएकी उनमा उच्च रक्तचाप र मधुमेहको समस्या थियो ।
4)काठमाडौंकी ७४ वर्षकी महिलाको मंसिर ६ गते मृत्यु भएको छ । कात्तिक २० गते अस्पताल भर्ना भएकी र सोही दिन संक्रमण पुष्टि भएकी उनमा उच्च रक्तचापको समस्या थियो ।
5)काठमाडौंका ७४ वर्षका पुरुषको मंसिर ६ गते मृत्यु भएको छ । कात्तिक २५ गते अस्पताल भर्ना भएका र भोलिपल्ट संक्रमण पुष्टि भएका उनमा मधुमेहको समस्या थियो ।
6)काठमाडौंका ६७ वर्षका पुरुषको मंसिर ७ गते मृत्यु भएको छ । मंसिर ४ गते अस्पताल भर्ना भएका र सोही दिन संक्रमण पुष्टि भएका उनमा मधुमेहको समस्या थियो ।
7)काठमाडौंकी ८० वर्षकी महिलाको मंसिर ७ गते मृत्यु भएको छ । मंसिर ५ गते अस्पताल भर्ना भएकी र सोही दिन संक्रमण पुष्टि भएकी उनमा निमोनियाको समस्या थियो ।
8)काभ्रेकी ७१ वर्षकी महिलाको मंसिर ५ गते मृत्यु भएको छ । कात्तिक २१ गते अस्पताल भर्ना भएकी र सोही दिन संक्रमण पुष्टि भएकी उनमा उच्च रक्तचाप र दमको रोग थियो ।
9)ब्यास नगरपालिका–८, तनहुँकी ५४ वर्षकी महिलाको चितवन मेडिकल कलेजमा आइतबार मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक २९ गते अस्पताल भर्ना भएकी उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो । उनमा उच्च रक्तचाप, मधुमेह र मिर्गौलाको समस्या थियो ।
10)गुलरिया नगरपालिका–३, बर्दियाका ७७ वर्षका पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार दिउँसो पौने १ बजे मृत्यु भएको छ । मंसिर ५ गते अस्पताल भर्ना भएका उनमा भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो ।
11)घोराही उपमहानगरपालिका–९, दाङका ६७ वर्षका पुरुषको शनिबार राति ११ः५० बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । कात्तिक २६ गते संक्रमण पुष्टि भएका उनमा उच्च रक्तचाप र निमोनियाको समस्या देखिएको थियो ।
तुलसीपुर उपमहानगरपालिका–९, दाङका ६८ वर्षका पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा आइतबार विहान १ः४० बजे मृत्यु भएको छ । मंसिर ४ गते अस्पताल भर्ना भएका र ५ गते संक्रमण पुष्टि भएका उनमा मधुमेह र निमोनियाको समस्या थियो ।

साभार अनलाईन खबर

प्रतिक्रिया दिनुहोस