८ मंसिर २०७७, सोमबार || 23 Nov 2020, Monday

अध्यक्ष केपि शर्मा ओली राजनेता

कोहलपुर नगरपालिका नेकपाको लालकिल्ला : नेता विश्वकर्मा

७ सय ५३ स्वास्थ्य चौकी यसै वर्ष नेपाली जनताले पाउने : नेता यज्ञराज जैसी
कोहलपुर नगरपालिका नेकपाको लालकिल्ला  : नेता विश्वकर्मा

 

कोहलपुर नगरपालिका वडा नं ५ दैलेखी टोल कमिटिको आयोजनामा भएको जनभेटघाट कार्यक्रम लाई सम्बोधन गर्दै नेकपाका लुम्बिनी प्रदेश सदस्य पुजन विश्वकर्माले कोहलपुर नगरपालिका नेकपाको लालकिल्ला भएको बताए । नेता विश्वकर्माले नेकपामा देखिएको विवाद सामान्य भएकाले उठेका विचार र बहसले नेकपा कमजोर हैन बलियो भएर जाने समेत बताए । उनले कोहलपुर नगरपालिका भित्र मरेका आत्मा व्युताउने र ईतिहासमा जनविरोधी सावित भएका केही शक्ति सल्बलाउन खोजेको भन्दै ६० वर्ष सम्म राजा ,पञ्चायत र कथित प्रजातन्त्रका नाममा लुट मच्याईएको देश नेकपा नेतृत्वमा सबल र आत्मनिर्भर बन्दै गएको समेत बताए ।

टोल भेलामा बोल्दै नेकपा जिल्लाका नेता सुर्य ढकाल र खिल प्रसाद भुषालले विद्युत,शिक्षा ,ढलनिकास,स्वास्थ्य र रोजगारीको सवालमा नेकपा संवेदनशिल भएको बताएका थिए । नेकपा बाँके क्षेत्र नं १ का क्षेत्रिय नेता यज्ञराज जैसीले ऐनकानूनहरुको निर्माण गर्ने देखि आयोग गठन सम्मका कामहरु भईसकेकाले भुमिहिन लाई भुमि दिने र ७ सय ५३ स्वास्थ्य चौकी यसै वर्ष नेपाली जनताले पाउने बताए । नेता जैसीले नेकपा अध्यक्ष केपि शर्मा ओली राजनेता भएकाले कुनै पनि जात,धर्म र लिंगका आधारमा भेदभाव नगरिकन समानता र आवश्यकताका आधारमा देश विकास तर्फ लम्किरहेको बताए । दैलेखी टोलका नेता पदम सिहले संचालन गरेको कार्यक्रमको अध्यक्षता उदय सिंहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस