५ पुष २०७७, आईतवार || 20 Dec 2020, Sunday

मुख्य समाचार

प्रधानमन्त्री ओलीले गरे सबै सुरक्षा निकायका प्रमुखसँग छलफल

प्रधानमन्त्री ओलीले गरे सबै सुरक्षा निकायका प्रमुखसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । प्रतिनिधिसभाको विघटनसँगै मध्यावधिक निर्वाचनको घोषणा भइसकेपछिको अवस्थाबारे सुरक्षा प्रमुखहरुसँग छलफल भएको हो ।

बालुवाटारमा भएको छलफलमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का प्रमुख गणेश अधिकारी सहभागी छन् ।

सुरक्षा निकायका प्रमुखसँग भएको छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसमेत सहभागी थिए ।

छलफलका क्रममा ओलीले आवश्यक निर्देशनसमेत दिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

प्रतिक्रिया दिनुहोस