३० माघ २०७७, शुक्रबार || 12 Feb 2021, Friday

दोषीलाई उन्मुक्ति दिन नहुने

भागरथीको हत्यामा संलग्नलाई कारबाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

कक्षा १२ मा अध्ययनरत भागरथीको माघ २१ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकैको जंगलमा शव फेला परेको थियो
भागरथीको हत्यामा संलग्नलाई कारबाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

माघ २८ गते २०७७

बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै दिक्तेलस्थित पञ्च माविका विद्यार्थीले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । उक्त विद्यालयका कानुन संकायका विद्यार्थीले खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मामार्फत बुधबार ज्ञापनपत्र बुझाएका हुन् । घटनालाई तोडमोड, ढाकछोप र बहानाबाजीमा दोषीलाई उन्मुक्ति दिन नहुने ज्ञापनमा उल्लेख छ । दोगडाकेदार–७ निवासी सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत भागरथीको माघ २१ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकैको जंगलमा शव फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस