४ फाल्गुन २०७७, मंगलवार || 16 Feb 2021, Tuesday

ओलीले विकासको नेतृत्व लिनुभयो

इतिहासमै शक्तिशाली कम्युनिष्ट सरकारको तीन बर्ष

ओलीले स्वतन्त्र र सार्वभौम राष्ट्रका रुपमा नेपाल कहिले पनि कसैको उपनिवेश नभएका नेपालीको गौरवपूर्ण इतिहासलाई व्यवहारिक रुपमा स्थापित र उचो बनाउने ऐतिहासिक जिम्मेवारीको नेतृत्व लिनुभयो
- गोपाल खनाल

इतिहासमै शक्तिशाली कम्युनिष्ट सरकारको तीन बर्ष

 

फागुन ४ गते २०७७

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको तीन बर्ष पुरा भयो । नेकपाको पहिलो सरकार, ओलीको दोश्रो प्रधानमन्त्रित्व र इतिहासकै झण्डै दुइतिहाइको सरकारको तीन बर्ष । अझ इतिहासमै शक्तिशाली कम्युनिष्ट सरकारको तीन बर्ष । बिचका केही महिनाका सत्तारुढ राजनीतिका उथलपुथल र कोरोना महामारीबाहेक ओली सरकार प्रभावित पार्ने नकरात्मक श्रृंखला देखिदैंनन् । ओली सरकारले विकासका दृष्टिकोणमा, सार्वभौमिकताको रक्षाको सवालमा, राष्ट्रिय आत्माविश्वास निर्माण र राष्ट्रिय स्वार्थको संरक्षणको बिषयमा ऐतिहासिक आरम्भ गर्यो र निरन्तरता पनि दियो ।

पहिलो, विकासको आरम्भ । विकासका मुर्छित सपनाहरुको पुनस्थापना । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँ नेतृत्वको सरकारले योजनावद्ध र नवीनतम् विकासको आरम्भ गरेको हो । २०७२ असोज २४ मा नौमहिने प्रधानमन्त्री बन्दा घरेलु र वाह्य प्रतिकूलता थियो । तर त्यसका वावजुद विकासका सपनाहरु सार्वजनिक भए । यो स्मरणमात्र हो ।

नयाँ संविधान, त्यस अनुरुप २०७४ सालको प्रतिनिधिसभाको निर्वाचन र प्रधानमन्त्री बनेपछि ती मुर्छित सपनालाई ब्युँताउनुभयो । विकासका सपना देख्न सामथ्र्य चाहिन्छ । लोकतान्त्रिण गणतन्त्रपछि नेपाल विकास र समृद्धिको युगमा प्रवेश गरेको भनिरहँदा ओलीभन्दा अघि प्रधानमन्त्री बन्नुभएकाहरुले किन विकासका सपना देख्नुभएन भन्ने प्रश्न उठ्छ । राजनीतिक व्यवस्था प्राप्तिको आन्दोलनको युग समाप्त भएको सगौरव घोषणा सबैले गरेको हो, सक्रमणकालिन राजनीति समाप्त भएको उद्घोष पनि भएको हो । तर विकास र समृद्धिलाई केन्द्रमा कुनै प्रधानमन्त्रीले राख्नुभएन ।

आन्दोलनको उपलब्धीपछि राजनीति विकास र समृद्धिकेन्द्रित हुनुपथ्र्यो । ओलीले त्यही विकासको नेतृत्व लिनुभयो । हरेक नेताले पहिला सपनानै देख्ने हो । त्यसपछि सपनालाई यथार्थ बनाउन नीति निर्माण, कार्यक्रमको रुपरेखा र बजेट बिनियोजन गर्ने हो । ओलीले आधुनिक विकास र प्रविधिको प्रयोगको पूर्ण वकासको आरम्भ गरेकै हो । रेल, पानीजहाज, पाइपबाट ग्याँस जस्ता विकासका सोचलाइ जसले जति खिसिट्युरी गरेपनि नेपालका लागि ती आधुनिक विकासका सोच हुन । अवको नेपालमा ती सम्भव छन्, जसका आधार निर्माण भइसकेका छन् ।

मुलुकमा ठूला पूर्वाधारको निर्माण, जस्तै : अन्तराष्ट्रिय विमानस्थलहरुको निर्माण, प्रसारण लाइनहरुको निर्माण, जलबिद्युत परियोजनाहरुको निर्माण, सडक पूर्वाधारको निर्माण यस्ता थुप्रै सोचहरुले मुर्तरुप पाए र निर्माण भइरहेका छन् । नेपाल विकासका यी आधारस्तम्भ हुन ।

दोश्रो : नेपाली राष्ट्रिय आत्माविश्वासको निर्माण । प्रधानमन्त्रीको पहिलो ‘इनिङ’ मा भारतले लगाएको नाकाबन्दीबिरुद्धको अडानले पहिलोपटक नेपाली आत्मासम्मानको एकिकृत शक्ति प्रदर्शन भएको थियो । दोश्रो प्रधानमन्त्रीत्वको तेश्रो बर्ष पुरा भइरहँदा ओलीले स्वतन्त्र र सार्वभौम राष्ट्रका रुपमा नेपाल र कहिले पनि कसैको उपनिवेश नभएका नेपालीको गौरवपूर्ण इतिहासलाई व्यवहारिक रुपमा स्थापित र उचो बनाउने ऐतिहासिक जिम्मेवारीको नेतृत्व लिनुभयो ।

हरेक महत्वपूर्ण राजनीतिक आन्दोलनमा, चाहे २००७ सालको, २०४६ सालको र २०६२र०६३ को आन्दोलनमा सम्भवत दक्षिणी छिमेकी भारतको प्रत्यक्ष र परोक्ष सहयोग रहेका कारण आन्दोलन सफलपछि पनि नेपाली मनोबिज्ञान कहिले पनि बलियो हुन सकेन । नेपालमा पहिलोपटक जव संविधानसभाबाट नेपाली जनताले आफ्नो संविधान आफैं बनाए, जव भारतीय नाकावन्दीबिरुद्ध एकभएर लडे, जव नेपालीहरु आफैं केही गर्न सक्छन् भन्ने प्रमाणित भयो, त्यसले राष्ट्रिय आत्माविश्वास बढायो । यसको नेतृत्व ओलीबाटै भएको हो ।

तेश्रो स् विदेश नीतिमा सन्तुलन र राष्ट्रिय स्वार्थ । यो तीन बर्षमा नेपालको राष्ट्रिय स्वार्थको नेतृत्व गर्दै सरकारले विदेश नीतिको आरम्भ गर्यो ।
पहिलो कार्यकालमा चीनसँग ऐतिहासिक यातायात पारवहन सम्झौता भयो । यसले सिद्धान्तत् अन्तराष्ट्रिय पारवहन र यातायातमा भारतीय निर्भरता तोड्यो । त्यही सम्झौताबाट नेपालको पहिचान बदलियो । सिद्धान्तमा भूपरिबेष्ठित र व्यवहारमा भारतबेष्ठित ठानिएको नेपाल भूजडित हुने कार्यको आरम्भ भयो ।

दोश्रो कार्यकालमा त्यही सम्झौताका प्राटोकल निर्माण भयो । त्यसले नेपाललाई चीनका सुख्खा र जल बन्दरगाह गरी सात बन्दरगाह प्रयोग गर्न पाउने भयो, बन्दरगाह तोकिए । यो नेपालको विदेश नीतिमा ऐतिहासिक फड्को हो । ती वन्दरगाह प्रयोगमा ल्याउन भने वाँकी छ । त्यसवाहेक चीनसँगकै ‘कनेक्टिभिटी’ का सन्दर्भमा महत्वपूर्ण उपलब्धी हासिल भएका छन् । नेपाल र चीनबीच कोशी, गण्डकी र कर्णाली कोरिडरबाट जोड्ने सहमतिपछि त्यसको आधार निर्माणको काम भइरहेको छ । अव नेपाल र चीनबीचको हिमालय अवरोध होइन, अवसरमा रुपान्तरण भएको छ ।

भारतसँगको सम्वन्धमात्र होइन, छिमेकी र अन्तराष्ट्रिय समुदायसँगको सम्वन्धमा पनि ‘सार्वभौमिक समानता’ को नीति कायम भयो र त्यो कार्यान्वयन भइरहेको छ । देशको भूगोल, आर्थिक क्षमता र जनसंख्या सानोठूलो हुनसक्छ तर सबैको सार्वभौमिक समानता समान हुन्छ भन्ने तथ्यलाई स्वीकार्न भारत, चीन र अन्तराष्ट्रि समुदायलाई ओलीले सन्देश दिनुभयो । तीन बर्षमा नेपाल कसैको स्वार्थको खेलमैदान भएको छैन ।

त्यस्तै, पहिलोपटक नेपालमा एकिकृत परराष्ट्र नीति बन्यो । प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा विदेश नीतिको यो ऐतिहासिक दस्तावेज बन्यो । उक्त नीतिले छिमेकीलाई प्राथमिकतामा राख्दै विश्वमा देखिएका नयाँ कूटनीतिक प्रवृति र विकासलाई समेत पहिचान गर्यो । त्यस अनुरुप र अनुकूलको नीति ल्यायो । विदेश नीतिमा छिमेकीसँगको सन्तुलनलाई केन्द्रमा राख्यो र नेपाली स्वार्थलाई हेरेर पारस्परिक सम्मानसहित सम्वन्ध अघि बढाउने नीति आयो । नेपालको विकासमा छिमेकी र अन्तराष्ट्रिय समुदायलाई खुला आब्हान गर्योभने राजनीतिक मामिलामा उनीहरुको दखल अस्वीकार गर्यो ।

नेपाल र भारत बीचको सम्वन्धमा चीनलाई तान्ने र नेपाल र चीनबीचको सम्वन्धमा भारतलतलाई तान्ने गलत नीतिलाई यो सरकारले अन्त्य गर्यो । आफ्नो निहित र सत्तास्वार्थ अनुरुप भारत र चीनलाई प्रयोग गर्ने विगतको नीतिमा क्रमभंगता भयो । प्रधानमन्त्री ओलीले नेपालले कहिले पनि कुनै राष्ट«िबरुद्ध ‘कार्ड’ प्रयोग नगर्ने र अहिलेको समयका चिनियाँ कार्ड वा भारतीय कार्डको प्रयोगको नरहेकोलाई व्यवहारत् प्रयोगमा ल्याउनुभयो ।

अर्को, भूगोल सुरक्षामा अर्को महत्वपूर्ण ऐतिहासिक शुरुआत भयो, जो यसअघिका प्रधानमन्त्री र शासकले कहिले हिम्मत गरेनन् । प्रधानमन्त्री ओलीले सन् १९६२ देखि भारतले निरन्तर नियन्त्रण र प्रयोग गर्दै आएको कालापानी क्षेत्रलाई नेपालको नक्सामा समेट्यो र त्यसलाई सिंगो देशले अनुमोदन गर्यो । लिम्पिम्याधुरा, लिपुलेक र कालापानीको करिव ३ सय किलोमिटर नेपाली भूमीलाई भारतबाट फिर्ता ल्याउने कामको आरम्भ सरकारबाट भयो । भारतसँग कूटनीतिक संवादमार्फत् जमिन फिर्ता ल्याउन पहल सुरुभइसकेको छ । दुइदेशका परराष्ट्रमन्त्रीबीच भारतको नयाँदिल्लीमा भएको संयुक्त आयोगको छैटौ बैठकमा सीमा मुद्दाले औपचारिक प्रवेश पायो ।

ठूलठूला भौतिक पूर्वाधारमा बैदेशिक, त्यसमा पनि छिमेकी लगानीलाई भित्र्याउने नीति ल्याए अनुरुप त्यस्ता परियोजनाहरु धमाधम निर्माण भइरहेका छन् । अन्तराष्ट्रिय मञ्चहरुमा नेपालको स्वतन्त्र र सार्वभौम पहिचान स्थापित भयो । नेपालका धारणाहरु बिश्वमंचमा सुनिन थाल्यो । प्रधानमन्त्री ओलीका बिचार र कार्यहरुले यो देखिने परिवर्तन ल्याएको हो । भ्रमणहरुमा पारस्पािरकता ९रेसिप्रोसिटी० कायम भयो । यसअघि नेपालका तर्फबाट छिमेकी भ्रमण भइरहने तर छिमेकबाट त्यस्ता भ्रमण नहुने खालको अभ्यास थियो । तर प्रधानमन्त्री ओलीले भारत र चीनसँगका भ्रमणमा रेसिप्रोसिटी कायम भएको छ । विदेश नीति र राष्ट्रिय स्वार्थको संरक्षणमा ओली सरकारले महत्वपूर्ण आरम्भ गर्यो । तीनले निरन्तरता पाएका छन् । समग्रमा तीन बर्ष सकारात्मक, उत्साहजनक र बिधिप्रकृया स्थापित गर्न महत्वपूर्ण रहे ।

प्रतिक्रिया दिनुहोस