१२ फाल्गुन २०७७, बुधबार || 24 Feb 2021, Wednesday

सत्ताको खेल बढ्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने : सल्लाहकार थापा

प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ : प्रेस सल्लाहकार सूर्य थापा
प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने : सल्लाहकार थापा

–प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने बताउनुभएको छ। सल्लाहकार थापाले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने जानकारी गराउनुभएको हो । सल्लाहकार थापाले सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ उद्यपी फैसला मान्नुको विकल्प नभएको बताउनुभएको छ ।

थापाले भन्नुभएको छ,–‘सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ । प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन ।’

प्रतिक्रिया दिनुहोस