२१ फाल्गुन २०७७, शुक्रबार || 05 Mar 2021, Friday

पहिलो बहसमा जानकी मन्थन

जनकपुर साहित्य महोत्सव : दोस्रो दिन ५ सत्रमा छलफल

बिहानको तेस्रो सत्रमा समाज  सौन्दर्यभित्र, सौन्दर्यबाहिरु विषयमा जनकपुरमा एसिड आक्रमण पीडित आरती साह, सञ्चिता लुइँटेलसँग उज्वल विक्रम थापाले छलफल गरे
जनकपुर साहित्य महोत्सव : दोस्रो दिन ५ सत्रमा छलफल

फागुन २० गते २०७७

जनकपुर साहित्य महोत्सवको दोस्रो दिन ५ शिर्षकमा बहस भएको छ । बिहीबारको बिहानी सत्रको पहिलो बहसमा जानकी मन्थन शिर्षकमा साहित्यकार राजेन्द्र विमलले एकल विचार राखे ।

बिहान सत्रको दोस्रो बहसमा जाऔं जनकपुर सुदर्शनजी सँग विषयमा सुदर्शन लाल कर्णसँग मानषी अग्रवालले छलफल गरे । बिहानको तेस्रो सत्रमा समाज  सौन्दर्यभित्र, सौन्दर्यबाहिरु विषयमा जनकपुरमा एसिड आक्रमण पीडित आरती साह, सञ्चिता लुइँटेलसँग उज्वल विक्रम थापाले छलफल गरे ।

 

दिउँसोको मैथिली साहित्य र इतिहासु विषयको प्रवचनमा साहित्यकारद्वय रामवतार यादव र रोशन जनकपुरीले बहस गरे । दोस्रो दिनको अन्तिम सत्र किताब  वर्णदेखि वस्तुसम्म विषयमा भुषिता वशिष्ठ, राजिवधर जोशी, गणेश लाठसँग भुपेन्द्र खड्काले छलफल गरे ।

प्रतिक्रिया दिनुहोस