१३ चैत्र २०७७, शुक्रबार || 26 Mar 2021, Friday

घरघरमा, दिमाग -दिमागमा विकासको गति

प्रधानमन्त्री केपि शर्मा ओली मधेसी जनताका प्रिय नेता : पुर्वमन्त्री रघुविर महासेठ ( फोटो फिचर सहित)

अधिकारको सदुपयोग र कर्तव्यको पालना गरे देश समृद्ध बन्छ : मुस्लिम संगठनका केन्द्रिय अध्यक्ष सिराज अहमद फारुकी
प्रधानमन्त्री केपि शर्मा ओली मधेसी जनताका प्रिय नेता : पुर्वमन्त्री रघुविर महासेठ ( फोटो फिचर सहित)

 

चैत्र १३ गते २०७७
नेकपा एमाले निकट लोकतान्त्रिक मधेसी संगठनको भेला एमाले पार्टी कार्यालय नेपालगञ्जमा सम्पन्न भएको छ ।भेलाका प्रमुख अतिथि एमाले स्थायी कमिटिका सदस्य तथा पुर्वमन्त्री रघुविर महासेठले जन्मसिद्धको नागरिकता पाएकाहरुका सन्तानले अब चाडै बंशजको नागरिकता पाउने बताउनु भयो । उहाँले प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्वको सरकारमा ६ हजार किलोमिटर सडक,३ सय ४६ वटा पुल निर्माण गरिएको बताउनु भयो । अहिले हावा बाट बिजुली निकाल्ने,रेल मार्गको तयारी,पानी जहाजको संचालन,सिचाई आयोजना,विमानस्थल निर्माणले घरघरमा दिमाग दिमागमा विकासले गति लिएको बताउनु भयो । विद्यालय,सिचाई र सडक मार्फत मात्र नभएर सरकारका महत्वपुर्ण स्थानमा मधेसी समुदायको प्रतिनिधित्व गराएर प्रधानमन्त्री केपि शर्मा ओली मधेसी जनताका प्रिय नेता बनेको नेता रघुविर महासेठले तर्क गर्नुभयो ।

भेला लाई सम्बोधन गर्दै मुस्लिम संगठनका केन्द्रिय अध्यक्ष सिराज अहमद फारुकीले शिक्षा,स्वास्थ्य र रोजगारी मार्फत सिंगो मधेसको समृद्धिका लागि काम भईरहेको बताउनु भयो । उहाँले अधिकार माग्नु र कर्तव्य पुरा गर्नुमा नेपालको नागरिकको हैसियतमा सबैले अधिकारको सदुपयोग र कर्तव्यको पालना गरे देश समृद्ध बन्ने धारणा व्यक्त गर्नु भयो ।

नेकपा एमालेका केन्द्रिय सदस्य मोहमद हारुन हल्वाई र संविधान सभा सदस्य देवराज भारले सिमामा मधेसी समुदायले गरेको राष्ट्रभक्तिको काम र सिमामा नेपाली जनताले भोग्नु परेको पिडाको सविस्तार चर्चा गर्नु भएको थियो । भेलाले अध्यक्ष धनराज कुर्मी,उपाध्यक्ष रेखा मिश्रा,शशिरञ्जन कर्ण,असफक खाँ सचिव सोहनलाल यादव,उपसचिव लालतारा,राम कुमार यादव,हसिम खाँ,कमलेश यादव , बलकिन्दर सिंह,मनोज बैश्य,कोषाध्यक्षराजितराम यादव र मोहन चौहान रहेको १ सय ९५ सदस्यीय सोकतान्त्रिक मधेसी संगठन बाँके गठन गरेको मधेसी समुदायका प्रभावशाली नेता भुमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रिय सदस्य विक्रम यादवले जानकारी दिनु भयो ।

नयाँ कार्य समिति लाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दै एमाले बाँकेका अध्यक्ष सुर्य ढकालले एमाले बाँकेमा ५६ जना जिल्ला कमिटि सदस्यको रुपमा रहेको जानकारी दिनु भएको थियो । लोकतान्त्रिक मधेसी संगठनका नेता सकिल खाँनले संचालन गरेको कार्यक्रमको अध्यक्षता मधेसका एमाले नेता प्रेमनारायण पाठकले गर्नु भएको थियो । भेलामा नेकपा एमालेका केन्द्रिय सदस्य पुजन विश्वकर्मा,केशव गिरि,प्रदेश कमिटिका सदस्य पदम धिताल,घननाथ खनाल ,रविन्द्र नम्साल ,जालिम खाँन लगायत विभिन्न जनवर्गिय संगठनका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

                                            

               

           

                 

                 

                   

             

                     

                     

 

प्रतिक्रिया दिनुहोस