१४ चैत्र २०७७, शनिबार || 27 Mar 2021, Saturday

समृद्ध बाँकेका लागि लगानी गरौँ

लगानी गरेर रोजगारी सृजना गर्ने सम्पुर्ण उद्योगी व्यापारी लाई एमाले परिवारका तर्फ बाट हार्दिक धन्यवाद :नेता भार

आयातमुखी व्यापार लाई निरुत्साहन गर्दै निर्यातमुखी व्यापार प्रवद्र्धन गर्न आव्हान : अध्यक्ष सुर्य ढकाल
लगानी गरेर रोजगारी सृजना गर्ने सम्पुर्ण उद्योगी व्यापारी लाई एमाले परिवारका तर्फ बाट हार्दिक धन्यवाद :नेता भार

चैत्र १३ गते २०७७

नेकपा एमाले निकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको बाँके जिल्ला भेला सम्पन्न भएको छ । भेला लाई सम्बोधन गर्दै संविधान सभाका सदस्य देवराज भारले मुलुकमा शान्ति कायम भएको र लगानी मैत्री बातावरण भएकाले समृद्ध बाँकेका लागि लगानी गर्न आग्रह गर्नु भएको छ । एमाले नेता भारले समृद्धिको बाधक दलाल पुजीवाद रहेको भन्दै राष्ट्रिय पुजीको विकास गरेर मात्र दिगो समृद्धि प्राप्त हुनेमा जोड दिनु भयो । उहाँले देश भित्र लगानी गरेर रोजगारी सृजना गर्ने सम्पुर्ण उद्योगी व्यापारी लाई एमाले परिवारका तर्फ बाट हार्दिक धन्यवाद ज्ञापन समेत गर्नु भएको थियो । भेला लाई सम्बोधन गर्दै भुमि सम्बन्धी समस्या समाधान आयोग बाँके कि अध्यक्ष शान्ति ढकालले भुमिहिनहरु भुमिको मालिक बन्ने बताउनु भयो ।

भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष सुर्य ढकालले आयातमुखी व्यापार लाई निरुत्साहन गर्दै निर्यातमुखी व्यापार प्रवद्र्धन गर्न आव्हान गर्नु भयो । अध्यक्ष ढकालले सुदूरपश्चिम र कर्णाली प्रदेश मात्र नभएर उत्तरप्रदेश नजिकको पर्यापर्यटनको केन्द्रका रुपमा रहेको बाँकेको विकासमा ध्यान दिन आग्रह गर्नु भयो । भेलाले व्यापार व्यवसाय र उद्यमी विच अत्यन्त लोकप्रिय नेता कृष्ण श्रेष्ठ लाई अध्यक्षका रुपमा चयन गरेको छ । उपाध्यक्षमा नम प्रसाद शर्मा,विष्णु गौतम,संजय अग्रवाल,सुदिप पौडेल,राजेन्द्र गिरि,उषा थापा भण्डारी,सचिवमा भिम रानाभाट सहसचिवमा सिता रेग्मी कोषाध्यक्षमा भिम सुवेदी र सहकोषाध्यक्षमा भुपाल शर्मा लाई चयन गरेको एमाले लुम्बिनी प्रदेशका सदस्य अशोक कर्माचार्यले जानकारी दिनु भयो । अध्यक्ष कृष्ण श्रेष्ठ रहेको २ सय ५१ सदस्य रहेको नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका पदाधिकारी र सदस्यहरु लाई नेता देवराज भारले सपथ खुवाउनु भएको थियो । भेलामा नेकपा एमालेका केन्द्रिय सदस्य पुजन विश्वकर्मा,केशव गिरि ,लुम्बिनी प्रदेश कमिटिका प्रेम भुषाल,रविन्द्र नम्साल,घननाथ खनाल ,बाँके उपाध्यक्ष तथा खजुरा गाँउपालिका अध्यक्ष किस्मत कक्षपति,सचिव प्रमोद धिताल लगायतका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । भेलामा कोहलपुर उद्योग बाणिज्य संघमा निर्वाचित भएका सहकोषाध्यक्ष भुपेन्द्र काफ्ले र सदस्य अर्जुन सुवेदी लाई सम्मान गरिएको नेता भाष्कर काफ्लेले बताउनु भयो ।

                   

                   

                   

 

 

प्रतिक्रिया दिनुहोस