२२ चैत्र २०७७, आईतवार || 04 Apr 2021, Sunday

राप्ती सोनारीमा लक्षित वर्गको पैसा मनपरि ढंगले खर्च भयो

अध्यक्ष केपि शर्मा ओली नेतृत्वको सरकार ढाल्नु भनेको देशभक्त र राष्ट्रवाद लाई परास्त गर्ने हो :नेता पुजन विश्वकर्मा

प्रदेश र केन्द्रमा एमाले नेतृत्वको सरकार भएकाले राप्ती सोनारी गाँउपालिकाको विकासको श्रेय एमाले लाई जाने भन्दै एमाले राप्ती सोनारी जनताको घरघरमा पुगेर भएका कामहरुको प्रचार प्रसार गर्न निर्देशन:अध्यक्ष तुलसी थारु
अध्यक्ष केपि शर्मा ओली नेतृत्वको सरकार ढाल्नु भनेको देशभक्त र राष्ट्रवाद लाई  परास्त गर्ने हो :नेता पुजन विश्वकर्मा

 

चैत्र २१ गते २०७७

नेकपा एमाले राप्ती सोनारी गाँउपालिका वडा नं ३ को बैठक राप्ती सोनारीको भवनियापुरमा सम्पन्न भएको छ ।बैठकका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य पुजन विश्वकर्माले अध्यक्ष केपि शर्मा ओली नेतृत्वको सरकार ढाल्न देशीविदेशी प्रतिकृयावादीहरु एकजुट भएको बताउनु भयो । उहाँले प्रधानमन्त्री ओलीले शनिबार मात्रै १सय ६५ निर्वाचन क्षेत्रमा एक साथ सडक उदघाटन गरेको जानकारी गराउदै सरकारका विरोधीहरु आत्तिएको बताउनु भयो ।नेता विश्वकर्माले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले भुमिहिन लाई भुमि दिने साउन १ गते सामाजिक सुरक्षा भत्ता बढाउने तयारी गरेकाले सरकार ढाल्न अब कांग्रेस,माओवादी सबै एकजुट भएर लाग्ने भएकाले नेकपा एमालेका नेता कार्यकर्ताले व्यापक प्रतिरोध गर्नुपर्ने बताउनु भयो ।उहाँले एमाले अध्यक्ष केपि शर्मा ओली नेतृत्वको सरकार ढाल्नु भनेको देशभक्त र राष्ट्रवाद लाई परास्त गर्ने हो भन्दै नयाँ सरकार चुनाव बाटै बनाउन दलहरु लाई आग्रह गर्नु भयो । उहाँले देश र जनताको विरुद्ध षडयन्त्र गर्नेहरु लाई नेपाली जनताले चिनेको र सहि समयमै हिसाबकिताब चुक्ता गरिदिने दावी गर्नु भयो । एमाले राप्ती सोनारी अध्यक्ष तुलसी थारुले राप्ती सोनारी गाँउपालिकाले आफ्नै लगानीमा विद्युतीकरण गरेको भनेर अध्यक्ष लाहुराम थारुले कुबेलामा चुनाव लागि कुप्रचारमा उत्रेको बताउनु भयो ।नेता थारुले राप्ती सोनारीमा लक्षित वर्गको पैसा मनपरि ढंगले खर्च भईरहेको बताउनु भयो । अध्यक्ष तुलसी थारुले प्रदेश र केन्द्रमा एमाले नेतृत्वको सरकार भएकाले राप्ती सोनारी गाँउपालिकाको विकासको श्रेय एमाले लाई जाने भन्दै एमाले राप्ती सोनारी जनताको घरघरमा पुगेर भएका कामहरुको प्रचार प्रसार गर्न निर्देशन दिए ।
एमाले बाँकेको १६ औ पुर्ण बैठकको निर्णय कार्यान्वयन गर्दै महिला नेतृ पुजा भुषालले बैठक लाई सम्बोधन गर्दै अध्यक्ष केपि शर्मा ओलीले नै महिलालाई राष्ट्रपति बनाएको भन्दै देशभरका महिलाहरुले अध्यक्ष ओली लाई झन् बलियो बनाउनु पर्ने बताउनु भयो । उहाँले अध्यक्ष ओली कै पालामा नेपालमा महिला प्रधानमन्त्री बन्न सक्ने समेत बताउनु भयो । बैठक लाई एमाले बाँकेका नेता दुर्गालाल विश्वकर्मा,दिलिप डाँगी,बाबुराम थारुले सम्बोधन गर्दै संगठन सुदृढ गर्न जोड दिनु भएको थियो ।बैठकले वडा कमिटि पुर्नगठनका लागि तुलसीराम थारु,अंकित श्रेष्ठ,मिन बहादुर थारु,पुजा भुषाल ,पदम मिजार,र बाबुराम थारु लाई जिम्मेवारी सुम्पेको सो वडाका अध्यक्ष मिन बहादुर थारुले जानकारी दिनु भयो ।यसै गरि युवा संघ नेपाल,उत्पीडित जातिय मुक्ति समाज,खेलकुद महासंघ का कमिटि निर्माणका लागि अंकित श्रेष्ठ,मिन कुमार थारु,रञ्जित थारु,पदम मिजार,भद्र बहादुर मल्ल र टेक बहादुर थारु लाई जिम्मेवारी दिने निर्णय भएको नेता चन्द्र बहादुर खत्रीले बताउनु भयो । अखिल नेपाल महिला संघको कमिटि निर्माणका लागि पुजा भुषाल,निर्मला सार्की,ईन्द्रा सुनार,मायादेवी खड्का,चयन कुमारी थारु र नन्दकली मल्ल लाई जिम्मेवारी दिने निर्णय भएको नेता दुर्गालाल विक ले बताउनु भयो । वडामा नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संगठन गठनका लागि बाबुराम थारु,ल्हानु थारु,जंग बहादुर थारु र सुदिप थारु लाई जिम्मेवारी दिईएको वडा कमिटिले बताएको छ ।एमाले अध्यक्ष तुलसी थारुको गृहवडा समेत रहेको वडा नं ३ लाई लालकिल्लाको रुपमा विकास गरिने नेकपा एमाले राप्ती सोनारी वडा नं ३ परिवारले उदघोष गरेको छ ।

प्रतिक्रिया दिनुहोस