२२ चैत्र २०७७, आईतवार || 04 Apr 2021, Sunday

यो वर्ष आगलागी भएको यो पाँचौ पटक

बाँकेको नरैनापुरमा आगलागीबाट १सय ५० घरगोठ नष्ट, ३ घाइते

‘विषम परिस्थितिमा केन्द्र, प्रदेश र अन्य स्थानीय सरकारलाई सहयोगको लागि सामाजिक सञ्जाल मार्फत अपिल : एमाले बाँकेका अध्यक्ष सुर्य ढकाल
बाँकेको नरैनापुरमा आगलागीबाट १सय ५० घरगोठ नष्ट, ३ घाइते

 

चैत्र २१ गते २०७७

बाँकेको नरैनापुर गाउँपालिका-४ खोदवा गाउँमा शनिबार आगलागी हुँदा डेढ सय घरगोठ जलेर नष्ट भएका छन्। घटनास्थल पुगेका बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार दिउँसो ३:३५ बजे आगलागीमा परी ३ जना घाइते भएका छन्।

घाइतेको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ। क्षतिको एकिन विवरण अझैं संकलन भइसकेको छैन। आगलागीको सूचना पाउने बित्तिकै नरैनापुर गाउँपालिकाको एउटा र नेपालगन्ज उपमहानगरपालिकाका दुई वटा दमकल घटनास्थल पुगेका थिए।

जिल्ला सदरमुकाम नेपालगन्जबाट ४० किमि पूर्वमा रहेको नरैनापुरमा यो वर्ष आगलागी भएको यो पाँचौ पटक हो। नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले यस अघि वडा नं. १ मा २४, वडा नंं. २ मा १८, वडा नं.४ मा १० वटा र वडा नं. ६ मा ४ वटा घर जलेर नष्ट भएको बताए।

उनले भने, ‘धेरैको फुसको छानो भएको घर छन्। पानी नपरेर सुकेको छ। एउटा घरमा आगो लाग्ने बित्तिकै सल्केर एकैपटक धेरै घर जलेर नष्ट हुने गरेका छन्।’नेकपा एमाले बाँकेका अध्यक्ष सुर्य ढकालले ‘विषम परिस्थितिमा केन्द्र, प्रदेश र अन्य स्थानीय सरकारलाई सहयोगको लागि सामाजिक सञ्जाल मार्फत अपिल पनि गरेका छन्। आगलागी भएको क्षेत्रमा सुरक्षाकर्मी, रेडक्रस र स्थानीय तहले टेण्ट टाँगेर पीडित परिवारलाई बास र गासको व्यवस्था गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस