२२ चैत्र २०७७, आईतवार || 04 Apr 2021, Sunday

नरैनापुरलाई खरको छाना मुक्त पालिका बनाउन माग

नरैनापुरका आगलागी पीडितहरुको घर नेपाल सरकारले बनाउँछ : उपप्रधानमन्त्री ईश्वर पोख्रेल

बाँके नरैनापुर आगलागी बाट घाईतेहरुको स्वास्थ्य लाभको कामना : गृहमन्त्री राम बहादुर थापा
नरैनापुरका आगलागी पीडितहरुको घर नेपाल सरकारले बनाउँछ : उपप्रधानमन्त्री ईश्वर पोख्रेल

चैत्र २२ गते २०७७
आज नरैनापुर आगलागीको विषयलाई लिएर नेकपा एमाले बाँकेको प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री ईश्वर पोख्रेल र गृहमन्त्री राम बहादुर थापा बादल सँग भेटघाट गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोख्रेल र गृहमन्त्री राम बहादुर थापाले घटना प्रति दुख व्यक्त गर्दै सरकारका तर्फ बाट सहानुभूति प्रकट गर्नु भएको थियो । उहाँहरुले आगलागी बाट घाईतेहरुको स्वास्थ्य लाभको कामना गर्दै नरैनापुरको अग्नि पीडितहरुको घर निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गरेको संविधान सभाका सदस्य तथा एमाले बाँकेका नेता देवराज भारले बताउनु भयो । संविधान सभाका सदस्य देवराज भार,प्रतिनिधि सभाका सदस्य नन्दलाल रोकाय,एमाले बाँकेका अध्यक्ष सुर्य ढकाल सहितको प्रतिनिधि मण्डलले नरैनापुर लाई खरको छाना मुक्त पालिका बनाउन समेत माग गरेको सांसद नन्दलाल रोकायले जानकारी दिनु भयो ।

एमाले अध्यक्ष सुर्य ढकालले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल,उपप्रधानमन्त्री ईश्वर पोख्रेल,गृहमन्त्री राम बहादुर थापा बादल,उद्योग बाणिज्य राज्यमन्त्री बिमला विश्वकर्मा सँग को भेटमा आगामी बजेटमा बाँकेका महत्वपुर्ण योजनाका बारेमा समेत छलफल गरेको बताउनु भयो । उहाँले बाँके समृद्ध बनाउने र बाँकेको सदरमुकाम नेपालगञ्जमा एमालेको सुर्य अंकित झण्डा स्थापित गर्ने लक्ष्यका साथ नेकपा एमाले बाँके लागिपरेको बताउनु भयो ।एमाले प्रतिनिधि मण्डलमा एमाले नेतृ दिपा शर्मा,नेता बलराम भट्टराई,नेता रविन्द्र नम्साल,विद्यार्थी नेता विमल मल्ल,राप्ती सोनारीका सचिव मनोज के।सी,युवा संघका नेता खेमराज शर्मा,नेपालगञ्ज वडा नं १८का अध्यक्ष दिपक बर्मा लगायतको सहभागिता थियो ।

    

   

प्रतिक्रिया दिनुहोस